back
CTIZAN AD

एनआरएनए सेसेल्सको आयोजनामा तीज सम्पन्न

वि.सं.२०८१ भदौ १८ मंगलवार

2.1K 

shares

सेसेल्स । हरेक वर्ष झैं यस वर्ष पनि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सले नेपाली नारीहरुको महान सांस्कृतिक पर्व हरितालिका तीज विशेष शुभकामना आदानप्रदान गरेर मनाएको छ ।

सेप्टेम्बर १ का दिन सेसेल्सको राजधानी भिक्टोरिया माहेमा सम्पन्न उक्त कार्यक्रम सेसेल्स सरकारकी स्थानीय सरकार तथा मामिला मन्त्री रोज मेरी वाओको प्रमुख आतिथ्यता र एनआरएनए सेसेल्सका अध्यक्ष मनोज वि कको अध्यक्षता रहेको थियो ।

परिषद्का सचिव एकराज सुवेदीको संचालन रहेको उक्त कार्यक्रमकी प्रमुख अतिथि मन्त्री रोज मेरी वाओले दिदिबहिनीहरुलाई शुभकामना दिँदै नेपालीहरु श्रमिकको रुपमा सेसेल्स भित्रिएर पनि राष्ट्रिय स्तरमा जुन सहकार्य एवम् समन्वयका साथ विभिन्न सामाजिक कार्यहरुमा सहभागी भएको भन्दै सह्राना गरिन् ।

उनले कामबाट बचेको थोरै समयलाई पनि सदुपयोग गर्न सक्नु सानो कुरा नभएको भन्दै यसको साक्षी आफै हुन पाउनु यति मिठो मायाँ र यो माहोलले धेरै हर्षित भएको भन्दै खुसी व्यक्त गर्दै दिदिबहिनीहरुको खुलेरै प्रसंशा समेत गरेकी थिइन् ।

कार्यक्रममा झण्डै ३०० जना भन्दा बढी नेपाली दिदिबहिनी दाजुभाइहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

त्यस्तै सेसेल्सको दोस्रो ठूलो टापू प्रास्लिनमा भने तीज कार्यक्रम २५ अगष्ट २०२४ आईतवारका दिन सेसेल्सको दोस्रो ठूलो टापू प्रास्लिनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रास्लिन, लादिग लगायत अन्य टापुहरुमा कार्यरत दिदि बहिनीहरुलाई समेत समेट्ने गरी आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १५० जना भन्दा बढी दिदिबहिनी तथा दाजुभाइहरुको उत्साहाजनक उपस्थिति रहेको थियोे ।टापू नै टापूले बनेको देश भएकोले एउटै स्थानको कार्यक्रममा सबै नेपाली दिदिबहिनी दाजुभाइहरुलाई समेट्न कठिनाई भएपछी हरेक वर्ष दुई टापूहरूमा कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सोहि अनुरुप यसपाली पनि २५ अगस्ट २०२४ मा प्रास्लिन र १ सेप्टेम्बर २०२४ मा सेसेल्सको राजधानी भिक्टोरिया माहेमा नेपाली नारीहरुको महान सांस्कृतिक पर्व हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको कुरा अध्यक्ष मनोज वि क ले बताए ।

 

वि.सं.२०८१ भदौ १८ मंगलवार ०९:०२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...