back
CTIZAN AD

घुस लिएको आरोपमा रूसी सेनाका वरिष्ठ सैन्य अधिकारी पक्राउ 

वि.सं.२०८१ भदौ १८ मंगलवार

915 

shares
मस्को ।  रूसले घूस लिएको आरोपमा अर्का एक वरिष्ठ सैन्य अधिकारीलाई पक्राउ गरेको छ ।
रक्षा मन्त्रालयको स्रोत विभागमा काम गर्ने मेजर जनरल भ्यालेरी मुमिनजानोभले सेनाको पोशाक आपूर्ति गर्न राष्ट्रिय निजी कम्पनीहरूसँग सम्झौता मिलाउन पदीय मर्यादा विपरीत काम (मध्यस्थता) गरेको अनुसन्धानकर्ताले बताएका छन् ।
“सम्झौताको मध्यस्थताका लागि ती अधिकारीले २० लाख रूबलभन्दा बढीको ठूलो रकम घुस लिएका थिए,” रूसको अनुसन्धान समितिले जनाएको छ ।
“मुमिनजानोभ र उहाँको परिवारका सदस्यहरू मस्को र वोरोनेजमा १२ करोड रूबलभन्दा बढीको असङ्ख्य घर जग्गा र सम्पत्ति छ, जसको वैधता जाँच भइरहेको छ,” उनले थपे ।
दोषी प्रमाणित भएमा उनले १५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ । मस्कोले अप्रिलदेखि कम्तिमा १० सैन्य अधिकारीहरूलाई गिरफ्तार गरेको छ ।
गत हप्ता, पूर्वउपरक्षा मन्त्री पावेल पोपोभलाई मनोरञ्जन पार्कको निर्माणसँग जोडिएको ठगीको आरोपमा पक्राउ गरिएको थियो ।

वि.सं.२०८१ भदौ १८ मंगलवार ०९:२२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...