back
CTIZAN AD

तरकारीको बजारीकरण गर्दै पालिका

वि.सं.२०८१ भदौ १८ मंगलवार

1K 

shares

तम्घास(गुल्मी) । गुल्मीका दुई पालिकाले तरकारी र फलफूलको बजारीकरणको सुरुवात गरेका छन् । जिल्लाको धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको सुरुवात गरेका हुन् ।

धुर्कोटले किसानको उत्पादनको बजारीकरणका लागि बुटबलको देवीनगरस्थित पहाडी ताजा तरकारी पसलसँग र रुरुक्षेत्रले पाल्पाको मिलनसार सामाजिक उद्यमी महिला सहकारीद्वारा सञ्चालित तरकारी थोक बजारसँग सम्झौता गरेको छ ।

पालिकाले किसानको उत्पादन खरिद गर्ने र सोही मूल्यमै पसललाई बिक्री गर्ने गरेका छन् । त्यसका लागि कर्मचारी र ढुवानी खर्च पालिकाले व्यहोर्ने सहमति रहेको छ । पालिकाले किसानसँग तामा, करेला, बोडी सोस्ता, स्कुस, कागती, फर्सिको मुन्टा, चिचिन्ना, नास्पाती, पुदिना, सिन्की, काँक्रोलगायतका तरकारी तथा फलफूलको बजारीकरण गरिरहेका छन् ।

किसानका कृषिजन्य सामग्री खरिद गर्नका लागि पालिकाले प्रत्येक हप्ताको दुई पटक तरकारी भएको टोलमा सवारी साधन पठाउने गर्दछन् । धुर्कोटमा आइतबार र बिहीबार तथा रुरुक्षेत्रमा मङ्गलबार र शनिबार किसानको तरकारी स्ङ्कलन हुँदै आएको छ । दुवै पालिकामा गरी अहिलेसम्म एक सय क्विन्टल तरकारी बिक्री भइसकेको छ ।

त्यसमध्ये धुर्कोटबाट ३० क्विन्टल बिक्री भएको छ । धुर्कोटमा प्रति किलो तरकारीको मूल्य औषतमा रु ४० का दरले हालसम्म रु एक लाख २० हजारको बिक्री गरेको धुर्कोट कृषि परियोजनाका संयोजक भरत भण्डारीले जानकारी दिए ।

रुरुक्षेत्रबाट हालसम्म ७० क्विन्टल तरकारी बिक्री भएको छ । रुरुक्षेत्रमा औषतमा तरकारीको मूल्य रु ४५ का दरले हालसम्म रु दुई लाख ८० हजारको तरकारी बिक्री भएको रुरु कृषि परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिए । दुवै पालिकाबाट हालसम्म रु चार लाखको तरकारी तथा फलफूल बिक्री भएको छ । धुर्कोटमा महिनाको पहिलो हप्तामा किसानले बिक्री गरेका सामग्रीको नगद मूल्य पाउँछन् भने रुरुक्षेत्रमा नगदै कारोबार गरिएको छ ।

धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले किसानको उत्पादनको बजारीकरणको ग्यारेन्टी गरेको बताए । आफुहरुले गरेको कामबाट बिचौलियाको समेत अन्त्य भई किसानले उत्पादित वस्तुको उचित मूल्य पाउने उनले बताए ।

रुरुक्षेत्रका अध्यक्ष यदु ज्ञवालीले गाउँमा ठूला उद्योग स्थापना गर्न असम्भव भएकाले कृषिजन्य उत्पादनको बजारीकरण गरेको बताए । उनले जतिसक्दो धेरै उत्पादन गरी आम्दानी गर्नसमेत किसानलाई आग्रह गरे ।

 

वि.सं.२०८१ भदौ १८ मंगलवार १३:०८ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...