back

सुख्खा पहिरो झर्दा सडक अवरुद्ध, पहिरो नरोकिँदा सडक खुलाउन समस्या

वि.सं.२०८१ भदौ २० बिहीवार

525 

shares
NTC AD

चैनपुर (बझाङ) । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिए । उनले बिहान बझाङबाट धनगढी, काठमाडौँ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताए ।

सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसिबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । उनले पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताए ।

 

वि.सं.२०८१ भदौ २० बिहीवार १२:४१ मा प्रकाशित

ADBL AD
वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति

वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति

नेपालगञ्ज (बाँके) । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले...

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

कैलाली । नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि...

फोहरबाट आम्दानी गर्दै अस्पताल

फोहरबाट आम्दानी गर्दै अस्पताल

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट...

नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब

नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब

जानकी (बाँके) । बस्ती व्यवस्थापन नहुँदा बैजनाथमा निर्माण गर्ने भनिएको...

कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको...

गर्भवती महिलालाई सेनाकाे हेलिकप्टरबाट उद्धार

गर्भवती महिलालाई सेनाकाे हेलिकप्टरबाट उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक...