back
CTIZAN AD

रुद्रायणी देवीको मन्दिर : पुनःनिर्माणको काम अझै सकिएन्

वि.सं.२०८१ भदौ २६ बुधवार

906 

shares

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना स्थित ऐतिहासिक रुद्रायणी देवीको मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन ।

विसं २०७२ गोर्खा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक मन्दिर पुनः निर्माण थालिएको चार वर्षपुरा भएको छ । पछिल्लो समय पुननिर्माणका लागि बजेट अभाव भएको जनाइएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानीय रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले कामको जिम्मा लिएकोे थियो । मन्दिर पुनःनिर्माणको लागि ललितपुर महानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउने भएकाले बजेट अनुसारको काम भएको रुद्रायणदेवी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष बेखनर महर्जनले जानकारी दिए ।

रुद्रायणीदेवी मन्दिरको पुनःनिर्माण्को काम ढिला भएको रुद्रायणीदेवी गुठीका अध्यक्ष उदयकुमार डुङ््गोल बताए । उनले भने,“बजेट अभावको कारण मन्दिर पुनःनिर्माण ढिला भएको छ । महानगरको वार्षिक बजेट अनुसार काम भएको छ । हालसम्म करिब रु चार करोड भन्दाबढी खर्च भइसक्यो मन्दिर पुनः निर्माणको काम अझै दुई वर्षपछि सकिन्छ होला ।”

हाल मन्दिर पुनःनिर्माणको काम भइरहेकोले देवतालाई अस्थायी मन्दिरमा राखेको रुद्रायणी गुठीका सदस्य हेराबहादुर डङ्गोलले बताए । समयमै मन्दिर पुनः निर्माणको काम सकिए रुद्रायायणीदेवी जात्रा र पूजाआजको लागि सहज हुने उनको भनाइ छ ।

करिब रु आठ करोडमा पुनःनिर्माणको जिम्मा लिएको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माण उभयोक्ता समितिले करिब १० करोड भन्दाबढी खर्च हुन सक्ने बताइएको छ । हरेक वर्षको घटस्थापनादेखि रुद्रायणीदेवी मन्दिरमा पूजाआजा सुरु हुन्छ ।

वि.सं.२०८१ भदौ २६ बुधवार १६:५९ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...