back
CTIZAN AD

प्रधानमन्त्री, देउवा र प्रचण्डबिच भेटवार्ता

वि.सं.२०८१ भदौ २७ बिहीवार

828 

shares

काठमाडौँ । बालुवाटारमा तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको हो ।

ओली र प्रचण्डको कुराकानी भइरहेकै समय देउवा पनि बालुवाटार पुगेका थिए । सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ । माओवादीले सरकारको यो कदमको विरोध गर्दै आइरहेको छ ।

प्रधानन्यायाधीश नियुक्तिका लागि हिजो संवैधानिक परिषद्को बैठक बोलाइएको थियो । तर, राना र प्रचण्डको उपस्थिति निश्चित नरहेको बैठक भोलिसम्मका लागि सारिएको थियो ।

आजको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संवैधानिक परिषद् बैठक तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्रीको आशन्न अमेरिका भ्रमणलगायत विषयमा कुराकानी भएको बुझिएको छ ।

 

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:०४ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...