back
CTIZAN AD

देवघाटमा धार्मिक महोत्सव हुँदै

वि.सं.२०८१ भदौ २७ बिहीवार

957 

shares

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने भएको छ । महोत्सवमा धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा), योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतका सन्त महन्तको ठूलो सहभागिता हुने भएको हो ।

भरतपुर भ्रमण वर्षको सन्दर्भमा देवघाट क्षेत्र विकास समिति र उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्न लागेका हुन् । भरतपुर महानगरपालिका र देवघाट गाउँपालिका महोत्सवका प्रवर्द्धक रहने छन् । गैंडाकोट नगरपालिकालाई पनि प्रवर्द्धक लागि आग्रह गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको एक टोलीले महोत्समा उपस्थित हुनका लागि बागेश्वर बाबा, योगगुरु रामदेव र आचार्य बालकृष्णलाई निम्तो गरेर आएको हो । दिल्लीमा निम्तो गरेपछि उनीहरुकै आग्रहमा हरिद्वार पुगेर बैठक बसी कार्यक्रममा सहभागी हुने निर्णय भएर आफूहरु फर्किएको दाहालले बताइन् । उनीहरु तीन दिनसम्म देवघाटमा रहनेछन् ।

महोत्सव आगामी कात्तिक २७ गते ठूली एकादशीबाट पाँच दिनसम्म चल्नेछ । भरतपुर-१ देवघाटस्थित नदी तटीय क्षेत्रमा महोत्सव हुनेछ । प्रमुख दाहालले भनिन्, “महोत्सवमा लाखौंको उपस्थिति रहने र अन्तर्राष्ट्रिय जगतलाई देवघाटको महिमाका बारेमा बुझाउने अवसर मिल्ने छ ।” धार्मिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव फलदायी हुने उनको भनाइ छ ।

महोत्सवका संयोजक देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले यो महोत्सव अहिलेसम्मकै यहाँको ठूलो महोत्सव हुने बताए । यो शङ्कर मोचन महायज्ञ भएको भन्दै उनले दैनिक एक लाख बढी भक्तजन आउने अपेक्षा गरिएको बताए ।

महोत्सवमा नेपाल र भारतका सन्त महन्त, महामण्डलेश्वर, जगतगुरु, पीठाधिश, धार्मिक गुरुलगायतको उपस्थिति हुने पौडेलको भनाइ छ । यो महोत्सवले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पौडेल बताउँछन् । धार्मिक गुरुहरुको उपस्थितिमा गण्डकी परिक्रमा लगायतका धार्मिक कार्यक्रमसमेत गरिँदै छ ।

दाहालसँगै पौडेल र सामाजिक व्यक्तित्व उमाशङ्कर अग्रवाललाई दिल्लीस्थित हाम्रो स्वाभिमान ट्रष्टले सम्मान गरेको थियो । सम्मानपछि उनीहरुले औपचारिक रुपमा धार्मिक गुरुहरुलाई निम्तो दिएका हुन्। सन् २०२४ लाई महानगरपालिकाले भ्रमण वर्षको रुपमा मनाइरहेको छ । कोभिडपछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन केही हदसम्म भ्रमण वर्ष सहयोगी बनेको छ ।

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:११ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...