back
CTIZAN AD

वनक्षेत्रमा विस्तारित सडकले वन्यजन्तुको बासस्थान साँघुरिदै

वि.सं.२०८१ भदौ ३० आइतवार

924 

shares

राँझा (बाँके) । बाँके र बर्दिया जिल्लाको वनक्षेत्रमा निर्माण गरिएका सडक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको बासस्थान साँघुरिदै गएको छ ।

वनक्षेत्रमा बनाइएका सडक संरचनाले मानवलाई आवागमनमा सहजता भएपनि वन्यजन्तुको बासस्थान खुम्चिँदै जानुका वन्यजन्तुलाई प्राकृतिक रुपले गर्दै आएको आवागमनमा अवरोध सिर्जना हुँदै गएको हो । वन्यजन्तु ओहोरदोहोर गर्ने वनक्षेत्रमा बनेका पक्की सडकमा सवारीसाधन हुइँकिन थालेपछि वन्यजन्तु मानवबस्तीतिर पस्न थालेको विज्ञहरुको भनाइ छ ।

बाँकेमा वन्यजन्तु ओहोरदोहोर गर्ने कम्दी करिडोरलाई छिचोल्दै अहिले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर जङ्गलमा पक्की हुलाकी सडक निर्माण गरिएको छ । पक्की सडक बनेसँगै स्थानीयको दैनिकी सकज भए पनि वन्यजन्तुको आवागमनमा अवरोध सिर्जना भएको शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुशील सुवेदीले बताए ।

वनक्षेत्रमा हुलाकी सडक निर्माण गरिँदा वन्यजन्तु सहज रुपमा ओहोरदोहोर गर्नसक्नेगरी ठाउँठाउँमा सडकभन्दा तल ‘अण्डरग्राउण्ड’ सडकभन्दा माथि ‘ओभर फ्लाई’को व्यवस्थागरी वन्यजन्तुमैत्री बनाइनु पर्ने भन्दै त्यसो हुन नसक्दा वन्यजन्तुको प्राकृतिक आवागमनमा अवरोध सिर्जना भएको सुवेदीले उल्लेख गरे ।

बाघ, हात्तीलगायत वन्यजन्तु नेपाल र भारतको जङ्गलमा ओहोरदोहोर गर्ने करिडोरमा वन्यजन्तुमैत्री सडक संरचना नभएपछि जङ्गली जनावर मानवबस्तीमा पसेर क्षति पु¥याउँदै आएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले दिगो विकासका लागि नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार प्रवर्द्धन नहुँदा मानवलाई सहजता भएपनि वन तथा वन्यजन्तुलाई असहज हुँदै गएको बताए । “वन्यजन्तु संरक्षणकर्मी विकास विरोधी होइनन्, सडकसहितका पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री हुनुपर्छ”, उनले भने, “जथाभावी सडक संरचना निर्माण गर्दा वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न पाउँदैनन्, त्यसैले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको हो ।”

निकुञ्जका प्रमुख साहले वन्यजन्तु, वातावरण र जलवायु अनुकूलतालाई आत्मसात् नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने भएकाले पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायत संरचना निर्माण गर्दा सडकको मुनिबाट र सडक माथिबाट वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न सक्नेगरी वन्यजन्तुमैत्री संरचना निर्माण गर्न जरुरी भएकामा जोड दिए ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा अशोककुमार रामले निकुञ्ज परिसरमा मात्रै नभएर प्रत्येक वनक्षेत्रमा बन्ने संरचनामा वन्यजन्तु सहज रुपमा आवतजावत गर्ने व्यवस्था हुनुपर्ने बताए । जथाभावी रुपमा पूर्वाधार निर्माणले सामाजिक, आर्थिक र वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसबारे समयमा नै सावधानी अपनाएर संरचना बनाउनसके मात्रै दिगो विकास हुने उनले उल्लेख गरे ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वनक्षेत्रमा अहिले विकासका नाममा निर्माण भएका सडकले वन्यजन्तु हायलकायल अवस्थामा पुगेको बताए । विकासको नाममा एउटै गाउँ पुग्न पाँच वटासम्म बाटो बनाउने अहिलेको कार्यशैलीले मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको उनले दाबी गरे ।

वन तथा वातावरण विद् डा रोशन शेरचनले विकासबाट मानव, वन्यजन्तु र प्रकृतिलाई पनि फाइदा पुग्नेगरी संरचना निर्माण गर्न सकेमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै जाने बताए ।

 

वि.सं.२०८१ भदौ ३० आइतवार १४:४३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...