back
CTIZAN AD

राष्ट्रयसभाको बैठकमा हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड

वि.सं.२०८१ भदौ ३० आइतवार

900 

shares

काठमाडौँ । राष्ट्रयसभाको आजको बैठकमा सांसद तलुसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद दाहालले राष्ट्रियसभाले २०७८ साउन १८ गते छलफल गरी प्रतिनिधिसभामा उक्त दुई विधेयक पठाएको जानकारी गराउँदै प्रतिनिधिसभाको अघिल्लो समयावधि सकिएकाले ती विधेयक शून्यमा गएको भन्दै चिन्ता व्यक्त गरे ।

नेपालमा हालसम्म ७१ पटक हवाई दुर्घटना भएको जानकारी दिँदै हवाईसम्बन्धी महत्वपूर्ण मानिएका दुई विधेयक यथाशीघ्र ल्याएर कार्यान्वयन गर्नुपर्ने सांसद दाहालले उल्लेख गरे । “यी दुई विधेयकमाथि कहिले छलफल हुन्छ र कार्यान्वयनमा आउँछ?”, उनले प्रश्न गरे । सांसद गङ्गाकुमारी बेल्बासेले उपसभामुख इन्दिरा रानाले माफी मागिसकेको अवस्थामा उक्त विषयमा फेरि सदनमा उठाउनु गलत रहेको धारणा राखे ।

सांसद गोपिबहादुर सार्की अछामीले महाप्रबन्धक नहुँदा उदयपुर सिमेन्ट कारखाना सञ्चालनमा समस्या आएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा तीन सय शय्याको अस्पताल र मेडिकल सञ्चालन गर्न अनुपतिपत्र दिनुपर्ने विषयमा सरकार समक्ष निवेदन गर्नुभयो । सांसद मायाप्रसाद शर्माले मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्ड र चौझारी खण्डको पुल मर्मत गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

सांसद सुमित्रा विसीले तरकारी र फलफूलमा विषादी प्रयोग भइरहेकाले जनस्वास्थ्यमा असर परेको विषयमा कृषि मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै समस्या समाधानको पहल गर्न आग्रह गरे ।

वि.सं.२०८१ भदौ ३० आइतवार १४:५२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...