back
CTIZAN AD

पालिका अध्यक्षद्वारा एकल महिलालाई घर

वि.सं.२०८१ असोज १ मंगलवार

687 

shares

हेटौँडा । यहाँको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीेले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकमबाट एकल महिलालाई पक्की घर बनाइदिनुभएको छ । मनहरी– ५ वसन्तपुरमा लामो समयदेखि आवासविहीन अवस्थामा रहनुभएकी सोनी राईलाई पक्की घर बनाएर आज हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकम कोष स्थापन गरी जम्मा गर्दै आएका छन् । सोही कोषबाट रु दुई लाख १५ हजार खर्चेर राईलाई घर बनाइदिए उनले जानकारी दिए । आठ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उहाँ वसन्तपुरमा सानो छाप्रो बनाएर बस्दै आएका थिए ।

“ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पाथ्र्यो । आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ । अध्यक्षज्युको सहयोगले घर बन्यो, उनलाई धन्यवाद”, सोनीले भने ।

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराएका थिए । अध्यक्ष कालाखेतिले निर्वाचनका बेला जनताका बीचमा गरेको प्रतिबद्धता अनुसार आफूले पाउने सेवा सुविधाबापतको खर्च जनताको सेवामा समर्पित गर्दै आएको बताए । उनले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०८१ असोज १ मंगलवार १५:१० मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...