back
CTIZAN AD

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वि.सं.२०८१ असोज २ बुधवार

996 

shares

विराटनगर । माओवादीले समर्थन र विश्वासको मत फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

गत वैशाख २७ गते माओवादी र एमालेका प्रदेश सभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए । संविधानको धरा १६८(५) अन्तरगत मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई माओवादी भदौ १४ गते समर्थन र विश्वासको मत फिर्ता लिएको थियो ।

कोशीमा काँग्रेस र एमाले मिलेर सत्ता साझेदारी गर्ने तयारी गरेपछि माओवादीका तीन मन्त्री र एक राज्यमन्त्रीले साउन ११ गते राजीनामा दिएका थिए ।

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा तेस्रो पटक नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

गठबन्धन परिवर्तन भएसँगै अहिलेको सरकारसँग दुई तिहाइ बहुमत छ । कोशी प्रदेश सभामा एमालेका सभामुखसहित २० र नेपाली काँग्रेसका २९ जना प्रदेश सभा सदस्य छन् ।

संविधानको धारा १६८ (५) मुख्यमन्त्री बनेका कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

वि.सं.२०८१ असोज २ बुधवार १०:४५ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...