back
CTIZAN AD

ब्रिटिस कलेजका निर्देशक ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’बाट सम्मानित

वि.सं.२०८१ असोज ४ शुक्रवार

768 

shares

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स २०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ प्रदान गरिएको हो ।

शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमा समेत योगदान पुर्याउँदै आएका निर्देशक कँडेलले विद्यार्थीहरुलाई विश्वव्यापी अवसरहरु प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनको कुशल नेतृत्वका कारण ब्रिटिस कलेज शैक्षिक उत्कृष्टताको केन्द्र बन्न सफल भएकोले अवार्डबाट सम्मानित भएका हुन् ।

‘यस अवार्डबाट सम्मानित हुन पाउनु गौरवको विषय हो । यसलाई ब्रिटिस कलेजमा हामीले गरिरहेको उत्कृष्ट कामको प्रतिबिम्बको रुपमा लिएको छु,’ अवार्डबाट सम्मानित हुनुभएपछि प्रतिक्रिया दिँदै निर्देशक कँडेलले भने, ‘यो मेरो मात्र एकल उपलब्धि नभई हाम्रो टिमले नेपालको शैक्षिक योगदानको लागि गरेको गरेको मेहनतको नतिजा हो ।’

एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स सामाजिक र व्यवसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई २०१९ देखि अवार्ड प्रदान गर्ने संस्था हो । चुनौतिपूर्ण समयमा पनि शिक्षा र आर्थिक विकासको क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई यस वर्ष पनि अवार्ड प्रदान गरिएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप तथा ब्रिटिस कलेज परिवार कार्यकारी निर्देशक महेन्द्र राज कँडेल ज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको यस उपलब्धिमा गर्व गर्दछ । उनको दूरदर्शी नेतृत्वले संस्थाको दायरलाई अझै फराकिलो बनाउँदै लैजाने र नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछौँ ।

 

वि.सं.२०८१ असोज ४ शुक्रवार १७:२४ मा प्रकाशित

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...