back
CTIZAN AD

सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

वि.सं.२०८१ असोज ६ आइतवार

813 

shares

चितवन । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले दुईवटा फार्मेसी र डेन्टल सेवा थप गर्न लागेको हो ।

बिरामीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्न लागिएको कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिए । हाल अस्पतालमा दुईवटा फार्मेसी सञ्चालनमा छन् । ती फार्मेसीमा बिरामी चाप अत्यधिक भएपछि थप गर्न लागिएको उनको भनाइ छ । अस्पतालमा डेन्टल क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा सञ्चालनको काम अगाडि बढेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालले अस्पतालमा थन्किएर रहेको सिटीस्क्यान मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको र हाल इन्टरभेन्सन रेडियोलोजी सेवासमेत सुरु बताए । महिलाको स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम उपकरण सञ्चालनमा ल्याउन जडानको काम भइरहेको उनले जानकारी दिए । “बोनम्यारो ट्रान्सप्लान्टका लागि काम अघि बढेको छ । अस्पतालले पेटस्क्यान र साइक्लोटोन खरिदको प्रक्रिया अघि बढाएको छ । सिटी एमआरआईलगायतका लागि पालो कुर्नुपर्ने अवस्था करिब अन्त्य भएको छ । अस्पतालका सेवा विस्थार र व्यवस्थापनका काम निरन्तर अगाडि बढाइरहेका छौँ”, उनले भने ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले सोहीअनुसार आफूहरूले योजना बनाइरहेको सुनाए ।

वि.सं.२०८१ असोज ६ आइतवार ११:२४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...