back
CTIZAN AD

वामपन्थी नेता दिसानायके श्रीलङ्काको राष्ट्रपति बन्दै

वि.सं.२०८१ असोज ६ आइतवार

1.2K 

shares

कोलम्बो । श्रीलङ्काको आम निर्वाचनमा निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेलाई वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले उछिनेका छन् । दिसानायकेले शानदार जित हात पारेका छन् । उनी श्रीलङ्काका आगामी राष्ट्रपति हुनेछन् । श्रीलङ्कामा १०औँ राष्ट्रपति चयन गर्न सेप्टेम्बर २१ मा मतदान भएको थियो ।

हिजै साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । एक करोड ७० लाख मतदाताहरूमध्ये करिब ७५ प्रतिशत राष्ट्रपतिको निर्वाचनमा मताधिकार प्रयोग गरेका थिए । सन् २०१९ को नोभेम्बरमा भएको पछिल्लो निर्वाचनमा ८३ प्रतिशत मतदान भएको थियो । यो अहिलेसम्मकै धेरै थियो ।

श्रीलङ्का निर्वाचन आयोगको आकडाअनुसार वामपन्थी नेता अनुरा कुमारा दिसनायकेले ५२ प्रतिशत मत पाएका छन् । दिसानायके नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनका उम्मेदवार हुन् । १६ प्रतिशत मात्रै मत पाएर निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघे तेस्रो स्थानमा छन् । साजिश प्रेमदासा २२ प्रतिशत मतसहित दोस्रो स्थानमा छन् । प्रेमदासा एक पटक फेरि मुख्य प्रतिपक्ष बन्नेछन् ।

वि.सं.२०८१ असोज ६ आइतवार १२:४७ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...