back
CTIZAN AD

खडेरी सुरु भएपछि धान उत्पादक किसान चिन्तित

वि.सं.२०८१ असोज ८ मंगलवार

840 

shares

गाईघाट (उदयपुर) । केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान उत्पादक किसान चिन्तित बनेका छन् । भदौ महिनाको चौथौ सातादेखि अत्यधिक गर्मी र खडेरी सुरु भएपछि सिँचाइ अभाव भएका त्रियुगा, बेलका, चौदण्डी र कटारी नगरपालिका क्षेत्रका किसानको धान मर्न थालेको किसानहरुको भनाइ छ ।

त्रियुगा नगरपालिका-१ जोगिदह बरगाछीका किसान पदम कार्की भन्छन्, “असारदेखि निरन्तर वर्षा भएकाले गाउँको पाखा खेतमा पनि धान रोपाइँ सहज भएको थियो, तर जब भदौको अन्तिम हप्तादेखि गर्मी बढेर खडेरी सुरु भएपछि धान मर्न थाले । सिँचाइको अभावमा खेतका गरामा चिरा परेको छ ।” उनले आफ्नो खेतको २५ प्रतिशत धानको बोट मर्न थालेको बताए ।

त्रियुगा नगरपालिका-१३ पोर्ताहका किसान देवीलाल चौधरीका अनुसार भदौको तेस्रो साता देखि बर्षा हुन छाडेको हो । सुख्खा भएपछि खोलानालामा पानी सुक्न थालेको कारण खेतमा सिँचाई गर्न नसकिएको उनले बताए । आफूले १४ कठ्ठा खेतमा रोपेको धानसहित गाउँलेको खेतमा समेत सिँचाइ अभावमा धान मर्न थालेको चौधरीको भनाइ छ ।

त्रिनपा-१३ लक्ष्मीपुरका किसान नारायण चौधरी भन्छन्, “झण्डै २५ दिनदेखि पानी परेको छैन, खेतमा बोरिङ मेसिन हुने किसानको त पानी तानेर सामान्य सिँचाइ भइरहेको छ, मेसिन नहुनेको सिँचाइ अभावमा धान मर्न थालेका छन् ।”

चौदण्डीगढी नगरपालिका-१० हडिया र सुन्दरपुर क्षेत्रमा पनि सिँचाइ अभावमा धेरै किसानका खेत खडेरीले सुक्न थालेका छन् । कटारी नगरपालिकाको रिस्कु, सोमबारे र मरुवा क्षेत्रमा खडेरीले प्रभावित बनाएको छ । जिल्ला सदरमुकाम गाईघाटमा सोमबार मात्र ४२ डिग्री तापक्रम मापन गरिएको छ ।रासस

 

वि.सं.२०८१ असोज ८ मंगलवार १४:३४ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...