back
CTIZAN AD

साङ्केतिक भाषाको विकासमा जोड

वि.सं.२०८१ असोज १० बिहीवार

666 

shares

काठमाडौँ । साङ्केतिक भाषाको विकास हुन नसक्दा सुनुवाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी, दोभाषे सेवा, राज्यको स्रोतसाधन तथा सेवासुविधाबाट वञ्चित हुनुपरेको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिमा समेत प्राथमिकतामा परेको नेपाली साङ्केतिक भाषा अनुसन्धान तथा विकास केन्द्रको स्थापना हुन नसक्दा पनि सुनुवाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति राज्यको सेवासुविधाबाट वञ्चित हुनु परेको राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।

बहिरा समुदाय साङ्केतिक भाषाको माध्यमबाट सञ्चार गर्ने भाषिक अल्पसङ्ख्यक समुदाय हो । सञ्चारमा अवरोध उनीहरूको पहिलो सवाल हो । साङ्केतिक भाषा बहिरा व्यक्तिको सञ्चारको पहिलो भाषा हो । “बहिरा नागरिकको अधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै पनि विभेदपूर्ण रहेको छ, राज्यका नीतिनिर्माण तहमा बहिरा समुदायको प्रतिनिधित्व एवं राज्यले प्रदान गर्ने अधिकारमा बहिरा समुदायको पहुँच नाजुक रहेको छ”, अध्यक्ष केसीले भने ।

बहिराहरूको पहिलो भाषा नेपाली साङ्केतिक भाषामा हालसम्ममा झन्डै सात हजार सङ्केत विकास गरी शब्दकोश प्रकाशन तथा मोबाइल एप्लिकेसन विकास गरिएको छ । विगतमा एकपटक मात्रै साङ्केतिक भाषामा समाचार प्रसारण भए पनि महासङ्घको निरन्तर पहलमा सरकारी स्वामित्वको नेपाल टेलिभिजनले दैनिक रुपमा नेपाली साङ्केतिक भाषामा समाचार प्रसारण आरम्भ गरेको छ । निजी क्षेत्रका टेलिभिजनले भने अहिलेसम्म साङ्केतिक भाषामा समाचार प्रसारण गरेका छैनन् ।

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, शिक्षा ऐनलगायत ऐनकानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकको अधिकारमा बहिरा समुदायको अधिकार सुनिश्चित गर्न, नभएका कानुन निर्माण गरी कार्यान्वयन गर्न र बहिरा समुदायको मूल प्रवाहीकरण गर्न सहकार्यका लागि सरकारी, गैरसरकारी, सञ्चारजगत्, निजी क्षेत्र एवं अन्तर्राष्ट्रिय समुदायसँग महासङ्घले अनुरोध गर्दै आएको छ ।

बहिरा नागरिकको हकअधिकारका लागि २०३७ सालमा काठमाडौँ बहिरा सङ्घको गठन भई बहिरा समुदायको सङ्गठनात्मक अधिकारको यात्रा प्रारम्भ हुँदै संस्थागत विकास र आवश्यकताअनुसार २०५२ सालमा राष्ट्रिय बहिरा महासङ्घ नेपालको स्थापना भएको थियो । हाल यस महासङ्घमा ५४ जिल्लामा रहेका बहिरा सङ्घ आबद्ध रहेका छन् । साथै सात प्रदेश समितिसमेत क्रियाशील छन् । स्थापनाकालदेखि नै महासङ्घ विश्व बहिरा महासङ्घ र विश्व बहिरा महासङ्घ एसिया प्रशान्त क्षेत्रीय सचिवालयको सदस्य रहेको छ ।

 

वि.सं.२०८१ असोज १० बिहीवार ११:३७ मा प्रकाशित

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...