निर्वाचन आयोगले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरेको छ ।
आयोगले जारी गरेको सूचना अनुसार उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले असोज १० (आज) देखि असोज १६ गतेसम्म दल दर्ता गर्न सक्नेछन् ।
स्थानीय तहका ४० पदमा उपचुनाव, रिक्तमध्ये अधिकांश कांग्रेसले जितेका २०८१ मंसिर १६ गते हुने स्थानीय तह सदस्य उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र निवेदन दिन भनेको हो ।
दलहरूले निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा कान्तिपथस्थित आयोगको कार्यालयमा निवेदन दिनसक्ने उपन्यायाधिवक्ता केदार कुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।
स्थानीय तहमा रिक्त भएका पदमा नयाँ जनप्रतिनिधि ल्याउन सरकारले आउँदो मंसिर १६ गते उपनिर्वाचन गर्दैछ । जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी स्थानीय तहका ४० पदमा उपनिर्वाचन हुन लागेको हो ।
वि.सं.२०८१ असोज १० बिहीवार १२:०६ मा प्रकाशित































