back
CTIZAN AD

द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

वि.सं.२०८१ असोज १४ सोमवार

972 

shares

राँझा (बाँके) । बाँकेमा द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा राजस्व चुहावट हुने गरेको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकासँग सीमा जोडिएका भारतीय नाकामा अवस्थित सात छोटी भन्सार कार्यालय बन्द भएपछि सहजै चोरी-पैठारी हुने गरेको छ । आफ्नै भवन रहेका नरैनापुर, खडैचा र साइगाउँ छोटी भन्सारका भवनसमेत भत्किएर भग्नावशेष अवस्थामा पुगेका छन् ।

सीमावर्ती भारतीय बजार अलिगवासँग जोडिएको कटकुइँयाको सुइया बघौडा, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहसँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निमियासँग जोडिएको हिरमिनियाको भङ्घोटन र रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर गरी सात छोटी भन्सार रहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट दूरीका हिसाबले ६० किलोमिटर टाढा सुइया बघौडा, नरैनापुर ५० किलोमिटर, भगवानपुर ४० किलोमिटर, खडैचा ४० किलोमिटर, भङ्घोटना चार किलोमिटर, साइगाउँ तीन किलोमिटर र पश्चिम साइगाउँमा रहेको उढरापुर छोटी भन्सार कार्यालय पाँच किलोमिटर दूरीमा पर्दछन् ।

छोटी भन्सार कार्यालय नभएपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले चोरी-पैठारी नियन्त्रणको काम गर्दै आएको छ । छोटी भन्सार सञ्चालन नभएको अवस्थामा पनि नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब रु तीन अर्ब राजस्व असुली गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा रु दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार राजस्व असुली भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले बताए । भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौमा रु एक अर्ब ४९ करोड पाँच लाख २० हजार राजस्व असुली गरेको हो ।

नेपालगञ्ज भन्सारलाई हरेक महिनामा रु दुई अर्बभन्दा बढी राजस्व असुली गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको तथ्याङ्कअनुसार हरेक महिनामा लक्ष्यभन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व असुली भएको सूचना अधिकारी लम्सालले जानकारी दिए । रासस

 

वि.सं.२०८१ असोज १४ सोमवार १४:३९ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...