back
CTIZAN AD

अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

वि.सं.२०८१ असोज १५ मंगलवार

753 

shares

पर्वत । बडादशैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरुले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन गरी काम थालेका हुन् ।

यहाँको जलजला गाउँपालिकाले कार्यतालिका बनाएर सबै वडामा अवरुद्ध ग्रामीण सडक मर्मत गर्न थालेको गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए । पालिकाले आफ्नै डोजर परिचालन गरेको उपाध्यक्ष आचार्यले बताए । तीन/चार दिनमा सबै सडक सफा गरिसक्ने उनको भनाई छ ।

पैँयु गाउँकार्यपालिकाको बैठकले पनि वर्षायाममा अवरुद्ध सबै सडक मर्मत गरेर सुचारु गर्ने निर्णय गरेको छ । उपभोक्ता समिति र ठेकेदार मार्फत सञ्चालित आयोजनाहरु तत्काल मर्मत गर्न लगाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । उनका अनुसार घटस्थापना अघिनै सबै सडक सुचारु गर्ने तयारी छ ।

विहादी गाउँपालिकाले अवरुद्ध ग्रामीण सडक खुलाउन सोमबार सूचना जारी गर्दै सडक सरसफाई अघि बढाउन उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ । उपभोक्ता समिति मार्फत सडक सफाइ गरिने भएकाले मातहतका सबै वडा र टोलहरुमा उपभोक्ता समिति गठन तथा नवीकरण गरी सम्झौता गर्न आउन वडा कार्यालयहरुलाई पत्राचार गरेको हो । दशैँ अघि सडक सञ्चालनमा ल्याइने अध्यक्ष परवीन गुरुङले बताए ।

महाशिला गाउँपलिकाले सडक खुलाउन डोजर लगाउन थालेको छ । लुङ्खु-बालाकोट-होश्राङदी, लुंखु-चिसापानी-भोक्सिङ, पाखापानी-भोर्लेलगायतका सडक केही दिनमै सुचारु हुने महाशिला गाउँपालिका अध्यक्ष इश्वरी भुसालले बताए ।

मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकाले पनि ग्रामीण सडक खुलाउन काम सुरु गरेका छन् । फलेवासले नगरपालिकाकै दुईवटा डोजर परिचालन गरेको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए ।

पर्वत यातायात प्रालिका संचालक हेमशर्मा पौडेलले वर्षायाममा अवरुद्ध सडक खुलाउन स्थानीय तहहरुलाई अनुरोध गरिएको बताए । अब मनसुन सकिएकाले मर्मत गरेपछि सडकमा सवारी गुडाउन सहज हुने उनको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सिताराम ओझाले जिल्लाका मुख्य राजमार्गमा अवरोध नरहेपनि केही ग्रामीण सडकहरुमा यातायात सुचारु गर्न समस्या रहेको बताए । उनका अनुसार मध्यपहाडी लोकमार्ग, मालढुङ्गा–बेनी, कालीगण्डकी करिडोर र दोबिल्ला–फलेवास, दोबिल्ला–कार्कीनेटा, कुश्मा–दुर्लुङ जस्ता सडकमा सवारी सञ्चालन भइरहेको छ । अन्य शाखा सडकहरु एकपटक डोजर लगाएर सफा गर्न सकेमा दशैँको बेला सवारीका लागि सहज हुने उनको भनाई छ । रासस

 

वि.सं.२०८१ असोज १५ मंगलवार १२:३५ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...