back
CTIZAN AD

चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै

वि.सं.२०८१ असोज १६ बुधवार

717 

shares

तनहुँ । व्यास नगरपालिकाका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण प्रारम्भ भएको छ । नगरपालिकाका ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको हो ।

विश्व बैंकको आर्थिक सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनालेव्यासको गौरव आयोजनामा समावेश भएको पराशर मार्गअन्र्तगत यस सडकको स्तरोन्नति थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए ।

पृथ्वीराजमार्गसँग जोडिएको व्यास नगरपालिका–१२ को घाँसीकुवासँग जोडिनेगरी पोल्याङ, सेरा, बेलटारी, फराकचौर,अधेरीभञ्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै व्यास मार्गमा पर्ने कलेस्ती बजारसम्म पुग्ने १०.५५ किलोमिटर बाटो धमाधम कालोपत्र भइरहेको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माण सम्झौता भएको यो आयोजना आगामी असारसम्ममा निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ । प्रारम्भमा पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गको स्तरोन्नतिका लागि प्रस्ताव गरिएकामा चार वडा जोड्ने आयोजना छनोटमा परेको हो । रासस

वि.सं.२०८१ असोज १६ बुधवार ०८:२० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...