back
CTIZAN AD

लघुकथा : मतियार

वि.सं.२०८१ असोज १९ शनिवार

2K 

shares

नवराज न्यौपाने ’मौन’, गोरखा
‘विनिता ! आज हाम्रो घरमा खाना पकाएको छ । सँगै खाने, बस्ने पढ्ने हो । हिँड हाम्रो घरमा जाम् ।’

रोशनीले विनिताको घरमा गएर भनिन् । साँझमा दुवैजना रोशनीको घरमा पुगेर खाना खाए ।

झमक्क साँझ परेपछि रोशनीले आमासँग भनिन् – ‘आमा !हामी विनिताको घरमा बस्न जान्छौं है ! हिँड विनिता तिम्रो घरमा गएर पढम् ।’

विनिता अचम्म मान्दै ‘ल जाम् त जाम्’ भन्दै पछिपछि लागिन् ।

बाटोमा दुइजना केटा पर्खेर बसेका रहेछन् । उनीहरूले दिउसो रोशनीलाई भेटेर सबै योजना तयार परेका थिए ।

त्यसपछि उनीहरू खोरियाको पधेरोमाथिको बारीमा बसेर रात बिताए । विनितालाई भगाएर लैजान पल्लो गाउँको सुनील नाम गरेको केटोले एकजना अर्जुन नाम गरेको साथी लिएर आएको थियो र रोशनीलाई पाँच हजार रुपैया दिएर मतियार बन्न अनुरोध गरेको थियो ।

सुनीलले विनितालाई बारीको एक कुनामा बसेर बिहे गर्न राजी तुल्याउन अनेक प्रयास गरिरहेको थियो भने अर्को कुनामा रोशनी र अर्जुन टाइमपास गफ गरेर बसे ।

झिसमिसे उज्यालो भएपछि विनितालाई लिएर सुनील र अर्जुन पल्लो गाउँतिर लागे भने रोशनी घरमा गएर टाउको दुख्यो भनेर तलामा गएर सुतिन् ।

बिहान अबेरसम्म छोरी नआएपछि विनिताकी आमा रोशनीको घरमा आइन् । ‘राती नै तपाईंको घरमा गएका हुन् नि !’ भनेर रोशनीकी आमाले भनेपछि उनले रोशनीलाई मरणासन्न हुने गरी कुटेर घर फर्किन् ।

सारा गाउँभरी हल्ला फिँजियो – ‘हिजो रातभरी विनिता र सुनील अनि अर्जुन र रोशनी बारीको कान्लामुनि बसे रे । सुनीलले त विनितालाई सिन्दूर हालेर बिहे गरिसक्यो रे । अर्जुन र रोशनी त फुक्काल हिँडिरहेका छन् ।’

त्यसपछि रोशनी दसैंसम्म घरबाट कतै निस्किन सकिनन् । विरामी पर्दै गइन् । शारीरिक रूपमा कमजोर र मानसिक रूपमा विक्षिप्त हुँदै गइन् ।

दशैमा टीका लगाउन आएको सुनीलले उनलाई भेटेर थप पाँच हजार रुपैया दियो । रोशनीले रुदै भनिन् –‘दाइ ,तपाईंको योजनाको मतियार बन्दा मेरो इज्जत र खुशी सबै माटोमा मिल्यो । अब यो पैसाले मैले औषधी मात्र किन्न सक्छु तर गुमेका कुरा फिर्ता पाउन सक्दिन ।’

वि.सं.२०८१ असोज १९ शनिवार ०५:४४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...