back
CTIZAN AD

लघुकथा : मतियार

वि.सं.२०८१ असोज १९ शनिवार

2K 

shares

नवराज न्यौपाने ’मौन’, गोरखा
‘विनिता ! आज हाम्रो घरमा खाना पकाएको छ । सँगै खाने, बस्ने पढ्ने हो । हिँड हाम्रो घरमा जाम् ।’

रोशनीले विनिताको घरमा गएर भनिन् । साँझमा दुवैजना रोशनीको घरमा पुगेर खाना खाए ।

झमक्क साँझ परेपछि रोशनीले आमासँग भनिन् – ‘आमा !हामी विनिताको घरमा बस्न जान्छौं है ! हिँड विनिता तिम्रो घरमा गएर पढम् ।’

विनिता अचम्म मान्दै ‘ल जाम् त जाम्’ भन्दै पछिपछि लागिन् ।

बाटोमा दुइजना केटा पर्खेर बसेका रहेछन् । उनीहरूले दिउसो रोशनीलाई भेटेर सबै योजना तयार परेका थिए ।

त्यसपछि उनीहरू खोरियाको पधेरोमाथिको बारीमा बसेर रात बिताए । विनितालाई भगाएर लैजान पल्लो गाउँको सुनील नाम गरेको केटोले एकजना अर्जुन नाम गरेको साथी लिएर आएको थियो र रोशनीलाई पाँच हजार रुपैया दिएर मतियार बन्न अनुरोध गरेको थियो ।

सुनीलले विनितालाई बारीको एक कुनामा बसेर बिहे गर्न राजी तुल्याउन अनेक प्रयास गरिरहेको थियो भने अर्को कुनामा रोशनी र अर्जुन टाइमपास गफ गरेर बसे ।

झिसमिसे उज्यालो भएपछि विनितालाई लिएर सुनील र अर्जुन पल्लो गाउँतिर लागे भने रोशनी घरमा गएर टाउको दुख्यो भनेर तलामा गएर सुतिन् ।

बिहान अबेरसम्म छोरी नआएपछि विनिताकी आमा रोशनीको घरमा आइन् । ‘राती नै तपाईंको घरमा गएका हुन् नि !’ भनेर रोशनीकी आमाले भनेपछि उनले रोशनीलाई मरणासन्न हुने गरी कुटेर घर फर्किन् ।

सारा गाउँभरी हल्ला फिँजियो – ‘हिजो रातभरी विनिता र सुनील अनि अर्जुन र रोशनी बारीको कान्लामुनि बसे रे । सुनीलले त विनितालाई सिन्दूर हालेर बिहे गरिसक्यो रे । अर्जुन र रोशनी त फुक्काल हिँडिरहेका छन् ।’

त्यसपछि रोशनी दसैंसम्म घरबाट कतै निस्किन सकिनन् । विरामी पर्दै गइन् । शारीरिक रूपमा कमजोर र मानसिक रूपमा विक्षिप्त हुँदै गइन् ।

दशैमा टीका लगाउन आएको सुनीलले उनलाई भेटेर थप पाँच हजार रुपैया दियो । रोशनीले रुदै भनिन् –‘दाइ ,तपाईंको योजनाको मतियार बन्दा मेरो इज्जत र खुशी सबै माटोमा मिल्यो । अब यो पैसाले मैले औषधी मात्र किन्न सक्छु तर गुमेका कुरा फिर्ता पाउन सक्दिन ।’

वि.सं.२०८१ असोज १९ शनिवार ०५:४४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...