back
CTIZAN AD

सोह्रो कैदीबन्दी स्थानान्तरण

वि.सं.२०८१ कात्तिक ५ सोमवार

600 

shares

चितवन । कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीमध्ये १६ जनाको स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठजनालाई रसुवा, पाँचजनालाई काठमाडौँ, दुईजनालाई डिल्लीबजार र एकजनालाई तनहुँ स्थानान्तरण गरिएको हो ।

उनीहरुमध्ये ६ जनालाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ स्थानान्तरण गरिएको होभने अन्यलाई उनीहरुको इच्छाअनुसार स्थानान्तरण गरिएको उनले जानकारी दिए । यहाँ सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालहरुमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले यस कारागारमा अन्य जिल्लाहरुबाट समेत कैदीबन्दी आउने हुँदा चाप बढेको हो ।

दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ जना कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरुसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन् ।

यस कारागारमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी ल्याइने हुँदा यहाँ क्षमताभन्दा बढी कैदीबन्दी हुने गरेका छन् ।
रासस

वि.सं.२०८१ कात्तिक ५ सोमवार १३:४१ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...