back
CTIZAN AD

पाइप गाड्ने क्रममा करेन्ट लागेर सेनाका लेसनायकको मृत्यु, दुई घाइते

वि.सं.२०८१ कात्तिक २२ बिहीवार

4.6K 

shares

बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डँडेलधुराको गन्याधुरा गाउँपालिका–१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृतक दियाल लेसनायक पदमा कार्यरत थिए ।

करेन्ट लागेर डँडेलधुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी काठमाडौँ पठाइएको र मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको उनले बताए ।

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १८:३४ मा प्रकाशित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...