back
CTIZAN AD

काठमाडौँमा गुञ्जिँदै ‘कन्दरा’

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार

666 

shares

काठमाडौँ । पछिल्लो समय नेपाली गीत सङ्गीतमा साङ्गीतिक समूहको सक्रियता बढ्न थालेको छ । ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका साङ्गीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्याण्ड’ ले नेपालबाट भ्रमणको सुरुआत गर्दैछ ।

आफ्नो ३२ वर्षको साङ्गीतिक यात्रामा पहिलोपटक काठमाडौँमा गुञ्जिँदै ‘पहिले घरदेश, अनि परदेश’ अभियान सुरू गरिने ‘कन्दरा ब्याण्ड’ का गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिए ।

उनले भने, “हामीले सङ्गीत रुचाउने युवाको समूह स्थापना गरेर विश्वभर प्रस्तुति (कन्सर्ट) दिए तापनि काठमाडौँमा पहिलोपटक गुञ्जिँदै छौँ । हामीले यहाँ एउटा पनि कार्यक्रम गरेका थिएनौँ, हामी आफैँ अच्मित छौँ । त्यसकारण यो विश्व भ्रमणको सुरुआत काठमाडौँबाट गर्ने भएका छौँ, यो प्रस्तुति अविष्मरणीय बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौँ ।”

कन्दराले कात्तिक शनिबार ठमेलस्थित एक क्लबमा आफ्नो साङ्गीतिक प्रस्तुति दिँदैछ । त्यसपश्चात् चितवन, बुटवल र नेपालगञ्जमा दिने तय भएको गायक श्रेष्ठले जानकारी दिनुभयो । नेपालपछि आउँदो वर्ष सन् २०२५ मा प्रस्तुतिका लागि विश्व भ्रमणमा निस्किने छ । यस समूहमा ‘ड्रम्स’मा सुनील थापा,‘लिड गितार’मा देव लामा छन् ।

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १२:४१ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...