back

आज पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना !

वि.सं.२०८१ कात्तिक २५ आइतवार

321 

shares

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा मुलुकका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले त्यस भेगका सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

वि.सं.२०८१ कात्तिक २५ आइतवार ०९:५३ मा प्रकाशित

कीर्तिपुरमा झिनो मतान्तरले काँग्रेस विजयी

कीर्तिपुरमा झिनो मतान्तरले काँग्रेस विजयी

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेस...

अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी

अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी...

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि...

उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष...

उपनिर्वाचनः बाँकी चार स्थानको नतिजा आजै आउने

उपनिर्वाचनः बाँकी चार स्थानको नतिजा आजै आउने

काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको...

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विभिन्न प्रदेशका कृषि...