back

लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किदै उपमहानगर

वि.सं.२०८१ कात्तिक २८ बुधवार

288 

shares

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ । उपमहानगरपालिकाका २३ वडामा लामखुट्टेनाशक जैविक विषादी छर्किन सुरु गरिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

नगर प्रहरीलाई सबै वडाका पानी जम्ने स्थानमा जैविक विषादी छर्किने गरी परिचालन गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । त्यसका लागि नगर प्रहरीलाई अभिमुखीकरण गरिएको छ । उनले प्रभावकारी ढंगले काम गर्न नगर प्रहरीलाई निर्देशन दिए ।

नगर प्रहरी युनिटमा नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको ‘कमान्ड’मा ४२ जना छन् । उपमहानगरपालिकाले निरन्तर रुपमा डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ । सचेतना प्रवद्र्धनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । डेङ्गी नियन्त्रणका लागि लार्भा नष्ट गर्ने कार्यलाई उपमहानगरपालिकाले अभियानका रुपमा अगाडि बढाएको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले परीक्षण गरी प्रयोग अनुमति दिएको तथा नेपाल सरकारबाट समेत अनुमति प्राप्त ब्याक्टो पावर बिटिआई वातावरणमैत्री र जैविकका साथै हानिकारक विषादीमुक्त जैविक कीटनाशक औषधि हो । यसले लामखुट्टेको प्रजनन तथा विस्तारलाई रोक्दछ । ब्याक्टो पावर बिटिआईले मानव स्वास्थ्य र जीवजन्तुमा नकारात्मक असर नगर्ने जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताए ।

रासस/फाइल फोटो

 

वि.सं.२०८१ कात्तिक २८ बुधवार १४:५७ मा प्रकाशित

जाडोयाममा गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !

जाडोयाममा गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !

बुनु थारु/काठमाडौं । काठमाडौंकी एक २३ वर्षीय युवती ग्यास गिजरको...

नर्सिङ सङ्घमा तीन समूहको उम्मेदवारी घोषणा

नर्सिङ सङ्घमा तीन समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल नर्सिङ सङ्घको २०औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि...

पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छौँ : स्वास्थ्य मन्त्री

पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छौँ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको...

यौन सम्पर्कमा महिलालाई कसरी चरम सन्तुष्टि दिने ?

यौन सम्पर्कमा महिलालाई कसरी चरम सन्तुष्टि दिने ?

भनिन्छ, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन–जीवनले...

१२ प्रतिशत घरपरिवारमा कम्तीमा एक जना विधवा

१२ प्रतिशत घरपरिवारमा कम्तीमा एक जना विधवा

ललितपुर । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा १२ प्रतिशत घरपरिवारमा कम्तीमा...

फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै

फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई...