back
CTIZAN AD

भरिया र जनावरले बोकेर भारतका बजारमा पुर्याउँछन् ‘छुसा’ छुर्पी

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

1.1K 

shares

पाँचथर । पाँचथरका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनावरले बोकेर भारतका बजारमा पु¥याउने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा रुचाउने गरिन्छ ।

पाँचथरको याङवरक तथा फालेलुङ गाउँपालिकासहित ताप्लेजुङ र इलामका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने छुसा छुर्पी विगतमा भारतका व्यापारीले सिक्किम राज्यमा लैजाने गर्दथे । अहिले भने पूर्वी भारतका धेरै बजारसम्म यो छुर्पी पुग्ने गरेको याङवरक गाउँपालिका–१ का छुर्पी उत्पादक राजेन्द्र खालिङ राईले जानकारी दिए ।

उनका अनुसार यहाँ उत्पादित यो छुर्पी भरियाले बोकेर नेपाल–भारत सीमासम्म पु¥याउने गर्दछन् । त्यहाँबाट भारततर्फका व्यापारीले बम्जु (गोरु)लाई बोकाएर बजारसम्म पु¥याउने गरेका छन् ।

शेर्पा भाषाको ‘छुसा’को अर्थ टुक्रा भन्ने हुन्छ । विशेषतः सिक्किमका व्यापारीले नेपालमै आई छुर्पी उत्पादकलाई यसको सीप सिकाएर गएपछि यहाँ यो छुर्पी उत्पादन थालिएको हो । “व्यापारीहरु आफैंँ आएर टुक्रा बनाउन र टुक्राको माला बनाउन सिकाएर गएपछि यो छुर्पी बनाउन थालेका हौंँ”, खालिङले भने, “हामीले उत्पादन गरेको सबै छुर्पीले बजार पाइरहेको छ ।”

उच्च पहाडका दुग्ध डेरी तथा गोठालाहरुले यो छुर्पी बनाउने गर्दछन् । छुर्पी बनेपछि व्यापारीले दिएको आकारमै टुक्रा पारी डोरीमा माला उनेर सुकाउने गरिएको छ । उच्च पहाडमा यातायातको पहुँच राम्रो नभएका कारण भारतका व्यापारीले आफैंँ भरिया खोजेरसमेत यो छुर्पी गोठ–गोठबाट सङ्कलन गर्ने गरेको खालिङको भनाइ छ । नेपालका धेरै छुर्पी उत्पादकले कुकुरले खाने (डगइट) छुर्पी उत्पादन गर्ने गर्दछन् ।

डगइट छुर्पीको तुलनामा यसको मूल्य कम भए पनि यहाँका किसानले यही छुर्पी बनाउने गरेका छन् । “अर्को छुर्पी बनाउन गाह्रो छ, यहाँ घाम कम लाग्ने हुँदा सुकाउन समस्या हुन्छ, कहिलेकाहीँ छुर्पी फुलिने समस्या हुन्छ”, पाँचथरको याङवरक–१ वडाध्यक्षसमेत रहेका खालिङले भने, “तर छुसामा बिग्रिने समस्या हुँदैन ।” अर्कोतर्फ यो छुर्पी जति समय भण्डारण गरेर राखे पनि बिग्रिदैन ।

यो छुर्पी प्रतिमाला रु एक सय ८० मा बिक्री हुने गरेको छ । खालिङका अनुसार यो छुर्पीमा चिल्लोको मात्रा अत्यधिक हुने गर्दछ । डगइट छुर्पी बनाउन दूध फटाएर दुईदेखि तीन पटक धोएर सुकाउने गरिन्छ । तर छुसा छुर्पी भने फाटेको दूध नधोइ थप दूध लगाइ बनाइने खालिङले जानकारी दिए । यो छुर्पी खाँदा रसिलो हुने गरेको उत्पादक बताउँछन् ।

उच्च पहाडमा गुणस्तरीय छुसा छुर्पी उत्पादन हुने भए पनि नेपाली बजारले चिन्न नसकेको खालिङको भनाइ छ । “नेपालको बजारमा यो छुर्पी पु¥याउन र उपभोक्तालाई स्वाद चखाउन सके राम्रोसँग चल्ने थियो”, खालिङले भने, “सबैले रसिलो छुर्पी खान पनि पाउँथे ।”

खालिङको परिवारले यो छुर्पी उत्पादन गर्न थालेको तीन वर्ष हुन लाग्यो । विगतमा डगइट छुर्पी उत्पादन गर्ने उत्पादकले उक्त छुर्पीले बजार नपाउँदा धेरै सास्ती पनि भोग्नुप¥यो । “अहिले हामी महिनामा ५०० देखि ६०० माला यो छुर्पी बनाउछौँ”, खालिङले भने, “अहिलेसम्म यो छुर्पीमा कुनै समस्या खेप्नु परेको छैन् ।”
रासस/फाइल फोटो

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १४:१३ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...