back
CTIZAN AD

अदालत अवहेलना मुद्दा : रोकिएन रास्वपाको प्रदर्शन

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

1K 

shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेताहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि प्रदर्शन जारी राखेको छ ।

पूर्वगृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले प्रदर्शन रोकेको छैन ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा सर्वोच्चमा दर्ता गराएका छन् ।

निवेदनमा अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको छ । उक्त निवेदनमा सुनुवाइ गर्न मंसिर ३ गतेका लागि पेसी तोकिएको छ ।

कात्तिक १४ गते सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको उक्त निवेदनका विषयमा निवेदक भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएपछि पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपीठ बदर गरिदिएको थियो । त्यसपछि सो मुद्दा दर्ता भएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने हाल रुपन्देहीमा छन् । त्यहाँको बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार उनलाई पोखराबाट रुपन्देहीको भैरहवा पु¥याइएको हो । त्यहाँ जिल्ला सरकारी वकिलको कार्यालयमा आज तेस्रो दिन पनि उनीसँग बयान लिने क्रम जारी छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका क्रममा कास्की जिल्ला प्रहरीको हिरासतमै रहेका बेला उनलाई भैरहवा लगिएको हो। कास्कीमा भने उनको बयान लिइसकिएको छ ।

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १५:५० मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...