back
CTIZAN AD

केयूमा नौ साधकलाई सम्मान

वि.सं.२०८१ मंसिर ११ मंगलवार

663 

shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालय (केयू)मा आज एक कार्यक्रमकाबीच नौ जना साधक–स्रष्टाको सम्मान गरिएको छ । केयूको समन्वय तथा सञ्चार महाशाखाले विसं २००७ सालअघि काभ्रेपलाञ्चोकमा जन्मिएर हालसम्म साधनारत उहाँहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा मूर्तिकार ठाकुरप्रसाद मैनाली, गीतकार किरण खरेल, चलचित्रकर्मी यादव खरेल, महाकाव्यकार रमेश खकुरेल, कवि वंशी श्रेष्ठ, बाल साहित्यकार कन्हैया नासननी, ललित कलाकार केके कर्माचार्य, साहित्यिक पत्रकार मोहन दुवाल र गायक मच्छेश्वर सापकोटा छन् । उनहिरूलाई विश्वविद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्मा, उपकुलकुलपति डा भोला थापा तथा रजिष्ट्रार डा अच्युत वाग्लेले संयुक्तरूपमा दोसल्ला ओडाएर सम्मान पत्रसहितका सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा शर्माले सम्मानित व्यक्तित्वको योगदानको चर्चा गर्दै जिल्लाको मात्र नभई देशकै प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित । रहेका उल्लेख गर्दै शिक्षा कहिल्यै नमर्ने र कहिल्यै नसकिने ज्ञान भएकाले आआफ्नो स्थानबाट देश र समाजलाई सुसूचित गराउन उल्लेख्य भूमिका खलेको बताए । थापाले सबै क्षेत्रमा रहेर योगदान पु¥याउनेलाई विश्वविद्यालयले निरन्तर सम्मान गर्ने बताए ।

 

वि.सं.२०८१ मंसिर ११ मंगलवार १९:२० मा प्रकाशित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...