back
CTIZAN AD

फापरखेतीप्रति किसानको मोह घट्दै, माग बढ्दै

वि.सं.२०८१ मंसिर १२ बुधवार

891 

shares

ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला-४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्थे । तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोडेका छन् । मकै फल्ने बारीमै लगाइने फापर आयातीत खाद्यन्न प्रयोग बढ्दै गएपछि खेती हुन छोडेको हो । गाउँको पाखो बारीमै फलाउन सकिने भए पनि खनजोत गर्ने खेतालाको अभाव हुँदै गएपछि उनले फापरखेती गर्न छोडेका हुन् ।

अचेल गाउँमै बसेर रैथाने बालीको खेती गर्ने किसानाको सङ्ख्या निकै कम छ । उन्नत जातका बीउबिजन प्रयोग गरेर खेतीपाती गर्न थालेपछि परम्परागत खेती प्रणाली फेरिनाका साथै रैथाने बाली लोप हुन थालेको उनको भनाइ छ । पहिले बारीमा फापर नलगाउने कोही नहुने भन्दै अहिले गाउँमै कसैले पनि यसको खेती नगर्ने बताए । पहिले चामल ल्याउनका लागि हप्तादिन लगाएर बुटवल पुग्नुपर्ने हुँदा गाउँमै फापर उत्पादन गर्ने गरेको भन्दै अहिले घरघरै दोकान खुलेपछि रैथाने बाली उत्पादन गर्न छोडेको उनले बताए ।

उनले भने, “पहिले गाउँमा दुःख थियो, एक छाक खानका लागि धेरै काम गर्नु पथ्र्यो, बारीमा फापर, कोदो र मकैबाहेक अरू फल्दैनथ्यो, अहिलेको जस्तो चामल नपाएपछि आँटो, ढिँडो र रोटी नै खानुको विकल्प थिएन, त्यही भएर खेती किसानी गर्न मान्छेहरु बाध्य थिए, अहिले अलिअलि पैसा कमाउने भएर गाउँ घरैमै चामलाका बोरा आउन थालेपछि कोदो, फापरखेती किन गरून् ?”

व्यावसायिक रुपमा फापरखेतीप्रति किसानको आकर्षण हुन घट्दै गएपछि लोपन्मुख अवस्थामा पुगेको छ । फापरका परिकार उच्च रक्तचाप र सुगर (मधुमेह)का बिरामीका लागि उत्तम मानिने हुँदा बजारमा माग भने बढ्दो छ । बागलुङको निसेलढोर, उत्तरगङ्गा क्षेत्र, भल्कोट, खुङ्खा, तमान, स्याउला, हिल, तारा, बोबाङलगायत उच्च क्षेत्रमा कोदोखेती गरिन्थ्यो । तमानखोला गाउँपालिका–२ का भक्तबहादुर सिर्पालीले पाँच वर्ष अगाडिसम्म आफूले करिब सात रोपनी जग्गामा फापरखेती गरे पनि अहिले छोडेको बताए ।

“हाम्रो बाउबाजेले फापरको आँटो, ढिँडो र रोटी खायो भने तागत दिन्छ भन्थे, चामल कमै हुने हुँदा भात दसैँ, तिहार र अरू चाडपर्वमा खाने गथ्र्यौं, अहिले ढिँडो खानलाई फापर र कोदोखेती हुन छोड्यो, बजारबाट चामल लिएर दिनकै भात खानुपर्छ”, सिर्पालीले भने, “पहिले गाउँमा भात खाने उही धेरै खेत हुने हुन्थे, हामी त गाउँमा माथिपट्टि बस्ने कोदो र फापरखेती गरेर आँटो ढिँडो खान्थ्यौँ ।”

बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । हरेक वर्ष बागलुङमा एक सय २० मेट्रिक टन फापर उत्पादन हुने उनको भनाइ छ ।
रासस/फाइल फोटो

वि.सं.२०८१ मंसिर १२ बुधवार १३:२१ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...