back
CTIZAN AD

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

2.8K 

shares

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क उडसाईडस्थित आफ्नै कार्यालय परीसरमा निःशुल्क खाद्यान्न वितरण गरेको छ । अमेरिकाको न्यूयोर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा अमेरिकाको ठुलो चाडंपर्व मध्ये एक, थ्यांग्स गिभीगं डे (धन्यवाद दिवस)को अवसरमा १५० जनालाई निः शुल्क खाना, फ्रोजन चिकेन, फलफूलसहित तरकारी बाँडेको हो ।

फाउन्डेसनले अमेरिकाभर सामाजिक कामहरू गर्दै आइरहेको छ । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौं’ गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने, ‘फाउन्डेशन मार्फत सामाजिक कामहरूमा हामीले तीव्रता दिँदै आइरहेका छौं ।’

सो वितरण कार्यक्रममा फाउन्डेशन अमेरीका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाको सकृयतामा स्वयंसेवकहरूको परिचालन गर्दै यसै फाउन्डेशनका कृयाशील सदस्यहरू जिवन कुमार श्रेष्ठ, अमिता श्रेष्ठ, निर्मला बराल, पासांग शेर्पा गोपर्मा, लाक्पा शेर्पा, सन्तोश बस्नेत, ध्रुवज्योति श्रेष्ठ, दिपक रायमाझी, आदित शिबाकोटी लगायतका समाजसेवी महानुभावहरूले यथासक्य स्वयंसेवकको भुमीका निर्वाह गरेका थिए ।

सो फाउण्डेशनको सामाजिक कार्यहरूको मूल्याङ्कन गर्दै अमेरिकी सिनेटका बहुमत नेता चक शुमर, संघीय कांग्रेस सदस्य ग्रेस मेंग, न्युयोर्क शहरका मेयर ऐरिक अडम्स, पुर्व मेयर बिल दे ब्लाजियो, न्युयोर्क शहरका कम्पट्रोलर ब्राड ल्यान्डर, सिटी काउन्सिलकी सभामुख एन्ड्रिएन एडम्स, न्युयोर्क शहरका सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, क्वीन्स जिल्ला महाअधिवक्ता मेलिन्डा काट्ज, ब्रूक्लीनबोरो प्रेसिडेन्ट अलफ्न्सो रेनोसो, क्वीन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचाड्र्स, न्युयोर्क राज्यका सेनेटरहरू जोल लु, लेरोय कामरी र माईकल जियानारिस, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरू सहाराना श्रेष्ठ, जेनिफर राजकुमार, स्टीभन रागा, अलिसिया हाईन्डमेन, डेभिड वेपरिन, खलील ऐन्डरसन र क्याटालिना क्रुज र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरू जुली वन, शेखर कृष्णन, लिन्डा ली, र सान्ड्रा उङ लगायतका निर्वाचित पदाधिकारीहरूले यसै फाउण्डेशनलाई उद्धरण र उद्घोषणाको साथ सम्मान पत्रले पुरस्कृत गरेका छन् ।

फाउण्डेशनले विभिन्न समुदायका लगभग तिस हजार जना भन्दा बढीमा सेवा पुराएको अनुमान छ ।’सेवा नै धर्म” हो भन्ने नारा का साथ फाउण्डेशन समाज सेवामा समर्पित भएर अघि बढी रहेको छ।हामी सबैको दुखसुखको साथी बन्दै अगाडी बढने प्रण गर्दछौ । आउनुहोस् , हातेमालो गर्दै सहकार्य गरौ ।’ अध्यक्ष घिमिरेले आह्वान गरेका छन् ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीकी कार्यकारी निर्देशक जेनी पर्साउद, जसले आजको खाद्यान्न उपलब्ध गराई फाउण्डेशन सँग सहकार्य गरेकोमा उनीहरूलाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १०:३० मा प्रकाशित

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...