back
CTIZAN AD

नेपालमा गाँजा खुल्ला नर्गनुका रहस्हयहरु र नेपालले गुमाइरहेकाे अवसरहरु

वि.सं.२०८१ मंसिर १७ सोमवार

3.4K 

shares

गाँजा सेवनका केही नकारात्मक असरहरु

क्यानाबिस (गाँजा)सेवनको नकारात्मक असर बारे भर्खरै बुझिएको यसले शरीरमा दिने नराम्रो असर बारेका तथ्य अत्यन्त अचम्म लाग्दो देखिएको छ। जुन परम्परागत अध्ययनले देखाएको भन्दा ठीक उल्टो छ।

गाँजा सेवनले हाम्रो शरीरको साना भागहरू, जसमा मुख्यतया माइटोकन्ड्रियाको काम गर्ने क्षमतालाई न्यून बनाउने तथ्य आएको छ। माइटोकन्ड्रिया भनेको हाम्रो शरीरमा खानालाई ऊर्जा बनाउने कोशिकाको जैविक यन्त्र हो। हाम्रो शरीरमा औसतमा ३७.२ ट्रिलियन कोशिका हुन्छन्। प्रत्येक कोशिकामा झण्डै १,००० माइटोकन्ड्रिया हुन्छन्। त्यसैले, हाम्रो शरीरमा जम्मा करिब ३७.२ क्वाड्रिलियन ९३७२ पछि १४ वटा शून्य० माइटोकन्ड्रिया हुन्छन्। हाम्रो शरीरको सानो- सानो ऊर्जा केन्द्र रुपको माइटोकन्ड्रिया गाँजा सेवनको कारण कमजोर हुने हुँदा अधिक गाँजा सेवन क्यान्सर जस्ता रोग निम्त्याउने कारक बन्न सक्ने अनुसन्धानहरूको निचोड आएको छ।

बच्चाहरूले क्यानाबिस सेवन गर्दा ठूलो स्वास्थ्य जोखिम बेहोर्नु पर्ने कुरा पहिले देखिनै जानकारीमा आएको तथ्य हो। तर हालको गाँजा सेवन बयस्कको लागि समेत हानिकारक हुने र त्यसरी विकसित समस्या जेनेटिकल्ली सन्तानदर सन्तानसम्म पुग्न सक्ने नयाँ अनुसन्धानको बुझाइ अनदेखा गर्न सकिने स्थितिको छैन। किनकि हाल वैज्ञानिकहरूले पत्ता लगाएको नयाँ तथ्यहरू भन्दछन्, गाँजा सेवनले शरीरलाई भौतिक ऊर्जा दिने भित्री भागलाई विगार्ने र शरीरलाई काम गर्न गाह्रो बनाउने गर्दछ। त्यसैले स्वस्थ रहनका लागि क्यानाबिस जस्ता चिजहरूबाट टाढा बस्नु राम्रो हो। तर यसको जोखिमको हद अनुरुप यो चुरोट, सुर्ती र रक्सी भन्दा भने कम हानिकारक चाहिँ निश्चय नै छ।

तस्करको फन्दामा नेपालको गाँजा व्यापार

नेपालमा आजको मितिसम्म गाँजा खेतीले कानुनी रूपमा गाँजा खेती गर्ने अनुमति प्राप्त गर्न नसक्नुको अर्थ हो, विश्वव्यापी रूपमा गाँजा खेती कानुनी रूपमा उत्पादन गर्न अनुमति प्राप्त भइसकेपछि मात्र नेपालमा पनि गाँजा खेती गर्ने कानुनी अनुमति दिनेतर्फ कदमहरू अघि बढ्ने छन्। त्यो समयमा नेपालका कृषक यसबाट खासै ठूलो फाइदा लिन सक्ने अवस्थामा हुने छैनन्। सैधान्तिक रूपमा गाँजा प्रतिबन्ध रहँदाकै समयमा जुनजुन तस्कर गिरोह यसबाट लाभन्बित बनिरहेका छन्, यसबाट आएको कालो धनले राजनीतिमा जमेका छन्, आफ्ना सन्तानहरूलाई अमेरिकी र यूरोपियन मुलुकका नाम चलेका विश्वविद्यालयमा शिक्षा दिएर मुलुकमा आफ्नो हैकम जमाएर रहेका छन्, तिनीहरूले मात्रै यसको नियमित मुनाफा लिने अवस्था बन्दै छ।

नेपाललाई गाँजा खेती मार्फत धनी देश बनाउने भ्रममा तिनै भूमिगत गिरोह मार्फत नेपालमा हल्ला गरिने क्रम नियमित सञ्चालित हुनेछ। सोझा-साझा धेरै नेपालीले त्यसलाई अन्तर्मनले सही ठानी आफ्नो समय र उत्पादनशील उमेर यसको लागि खर्च गर्ने छन्। यथार्थमा भने यो अब यति ढिलो भइसकेको छ कि त्यस्तो परिवर्तन नेपालमा कहिल्यै हुने छैन। यसलाई मुलुकका विभिन्न पक्षहरू र विश्व प्रतिस्पर्धात्मक बजारको दृष्टिकोणमा नेपालको सम्भावना र भूमिका तथा यहाँको उद्यम विकास र शान्ति सुरक्षामा रहेको यसको इतिहास र हालको संस्कृतिमा आधारित विश्लेषण मार्फत यकिन गर्न सकिन्छ।

जतिबेला नेपालमा गाँजा कानुनी हुदैछ, त्यतिवेला गाँजा विश्वव्यापी रूपमा नै कानूनी बन्दै छ। नेपाल कै हाराहारीमा वा सो भन्दा राम्रो र धेरै गाँजा खेति हुने विश्वमा अन्य ४३ स्थान छन् जहाँ खेति गरिने भूभाग र उपलब्ध जान श्रमको हिसावमा नेपाल भन्दा सस्तोमा गाँजा उत्पादन हुन्छ। नेपालमा गाँजा कानुनी हुने समय भनेको नेपाल कै स्तरको गाँजाको अधिक आपूर्ति हुने समयमा नेपाल समेत गाँजा खेतीमा हाम्फाल्ने समय हुने छ। त्यो भनेको हाल यसका तस्करले गफ दिने गरे जस्तो नेपालले गाँजावाट त्यति साह्रो मुनाफा लिन सक्ने अवस्था रहने स्थिति होइन।

नेपालमा विशेष गरी बलियो ब्रान्ड वा विशेष उत्पादनहरू नहुने, उधमीले हरेक पार्टीका झोलेहरुलाइ चन्दा दिनपर्ने, डनहरुलाइ खुसि पर्नु पर्ने, भ्रष्ट कर्मचारीलाइ कमिसन दिनु पर्ने, स्थानीय, प्रदेश र केन्द्रको राज्यलाइ कर दिनु पर्ने, नेता र डनहरुलाई बिना लगानी सेयर र मुनाफा नदिने उद्याग दर्ता समेत नहुने आदि जमिनको यथार्थ हो। यो अवस्थामा मुलुकमा उधमीले कति नाफा कमाउने ? किसान र जनता ले के पाउने ?
आफनै नागरिकलाइ भुटानी भनी पैसा कमाउने धन्दामा रहेकाहरुको सरकारले सायद आफ्नै गाँजालाइ अफगानी र हिन्कुस भनी बेच्न भने सहयोग चाहिँ गर्छ कि ? यसमा पनि नेता र डनहरूलाई बिना लगानी सेयर र मुनाफा दिनु पर्ने अवस्था रहन्छ।

गाँजा खेतीको लागि नेपालमा आधारभूत संरचनाको पूर्ण रुपमा अभाव छ। कमजोर यातायात, विकसित हुन नसकेको आपूर्ति श्रृंखला, ऊर्जा पूर्वाधारमा प्रतिस्पर्धा गर्न कठिनाई, लुट मानसिकता र सरकारी तह त्यसमा पनि मन्त्रि पद वा सो सरहको पद आदिमै भ्रष्टहरुको खुलेआम सहभागिता भइरहेको छ। त्यो पदमा रहेकामा जवाफदेहिको जरुरत नै नपर्ने जस्ता विगतका अनुभव र सिकाइ गाँजा खेती मुलुकको लागि नभएर तस्करको पोल्टामा मुनाफा जाने गरी कानुनी व्यवस्थापन उद्धत हुने छ भनी सहज अन्दाज गर्न सकिन्छ।

हेम्प र अन्य प्राकृतिक उत्पादनहरू : (जस्तै, हातले बनाइएको कागज|) परम्परागत अनुभव अनुरुपको नेपालको सफलताको सम्भावनाको क्षेत्र हो। तर बर्तमान व्यवस्थाको नीति गत र कार्यगत चुनौतीहरू नेपालमा गाँजा खेति सफल हुन् नदिने तत्व हो। नेपालको पर्यटन क्षेत्र माफियाकरणले सकिएको अबस्थामा छ। नेपालको प्राकृतिक स्रोतहरू निजि लुटका लागि दोहन भएको छ। त्यसको प्रभावकारी उपयोग मार्फत पर्यटनमा लाभ दिने कार्यमा राज्यका कुनै पनि संसद मन्त्रि प्रतिबद्ध छैनन्। कमिसन आउछ भने विकास निर्माण कार्य संचालन हुन्छ। यो अबसरमा विकासको बजेट नचाहिएको ठाउमा पनि जाने गरेको छ। काम गरे कमिसन आउने हुँदा, सबै दिन रोड, बाटो आदि भत्काउने र बनाउने काम चलिरहेको छ। योजना सम्पन्न गर्न भने कहिलै राज्यको इच्छा शक्ति देखिदैन। हिलो, धुलो र असुविधा जन विद्रोहको विषय समेत बन्दैन।

विश्वको प्रतिस्पर्धात्मक बजारको दृष्टिकोणबाट हेर्दा नेपालको विविध भूभाग र मौसम उच्च गुणस्तरको औषधीय गाँजा र औद्योगिक हेम्प उत्पादनका लागि उपयुक्त छन्। नेपालमा गाँजा खेतीको लामो इतिहास र परम्परागत ज्ञान छ, जसले किसानहरू र समुदायहरूलाई अमूल्य अनुभव समेत प्रदान गरेको छ। यहाँको सस्तो श्रम नेपालको उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउँछ, जसले आध्यात्मिक र साहसिक पर्यटनसँग गाँजा पर्यटनलाई जोड्ने छ। यसको अर्थ के समेत हो भने, यहाँ किसान र गरिबहरूले हालकै शोषणयुक्त श्रम र उत्पादन मूल्य प्राप्त गर्ने छन्। गाँजाको मुनाफा, राज्यको सम्पति भने साइप्रस, स्वीस, जर्मन, कम्बोडिया, चीन र भर्जिनल्याण्डमा आजकै माफियाहरुको डमी एकाउन्टमा पुगेर त्यसको आय थुपरिने छ।

नेपालका हालका तस्करहरूले औषधीय र औद्योगिक रूपमा गाँजा निर्माण गर्ने उद्योग नेपालमा खोल्न दिने छैनन्। कसैले खोलेमा टिक्न दिने छैनन्। गाँजा कानुनी बनेको मात्र २ बर्ष भित्र हालको राजनीतिक पार्टीहरुकै दबाबमा नेपालमा नेपाली गाँजाको खेती गर्न प्रतिबन्ध गरिने छ। विदेशी मल, बीउ, इञ्जाइम, मिनिरस र कीटनाशक औषधि नहाले नेपाली गाँजा अन्तराष्ट्रिय ओखति कम्पनीहरुले औषधिको रूपमा प्रयोग गर्न नसकिने सर्त सारेको भन्दै नेपाली गाँजालाई नेपालमा खेती हुनबाट रोकिने छ। नेपालका जग्गा विदेशीलाई भाडामा दिने जग्गाको रूपमा रुपान्तरण गरिने छ।

अनियन्त्रित रूपमा बढेको विदेशी र नेपाली दुर्व्यसनीले दिने सामाजिक भारको मूल्य नेपालले तिर्नु पर्नेछ। त्यसको मुनाफा राज्य सञ्चालनमा समेत सहभागी तस्कर ग्रुपको पोल्टामा पुग्ने छ। यसै बीच, तिनै तस्कर ग्रुपले नेपालले पाउनु पर्ने जैविक प्रीमियम उत्पादन विशेषज्ञताको लाइसेन्स उनीहरुको निजि नाममा हडप्ने छन्। गाँजा उद्यम, जस्तै खेती, प्रशोधन, अनुसन्धान र निर्यात व्यवस्थापनमा विकास हुने रोजगारी सिर्जनामा तिनै तस्कर ग्रुपको मनोपली हुनेछ। त्यसैलाई देखाएर आफूले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको दावा गरी तिनै तस्कर समूहका प्रतिनिधि पुनः संसद् मन्त्रीमा पुग्ने क्रम नियमित हुने छ। लुटको चक्र यसले झन् मजबुत पार्नेछ।

यो ग्रुपले राज्यलाई गाँजाबाट आउने आम्दानी कर तिर्ने छैन। नियमन गरिएको उत्पादन र व्यापारले पूर्वाधार, स्वास्थ्य सेवा, र शिक्षामा लगानी गर्न ठूलो कर आम्दानी त जुटाउने छ। तर यो ग्रुपले उसको खातामा सदैव घाटाको ब्यालेन्स सिट निर्माण गर्ने छ। राज्यका लोभी पापी कर निर्धारण निकायका व्यक्तिहरू केही रकम दिएर मुलुकको राजस्वमा सदैव घाटा विवरण पेश हुने निकाय बन्ने छ। राज्यको हातमा न त आम्दानी, न कर, उल्टो दुर्व्यसनी भार थोपरिदिने मैत्री प्रशासनिक व्यवस्था विद्यमान छ।

क्यानडा, अमेरिका र अफ्रिकाका केही देशहरूमा पहिले नै परिपक्व गाँजा उद्योगहरू छन्, जसले सशक्त आपूर्ति श्रृंखला र नियामक प्रणाली स्थापना गरिसकेका छन्। जे हाम्रोमा भने नेता र तस्करको भाग नराखी उद्यम स्थापना गर्न सकिन्न। नेता र उच्च कर्मचारीको लागि कमिसन विदेशी बैङ्कहरूमा थुपारी दिन गैर आवासीय नेपाली हरुको साङ्गठनिक निकाय सक्रिय छ। उनीहरू सदैव नेपाल तिर नै घुमी रहेका हुन्छन्। विदेशमा नबसी विदेशमा कमाएको नाममा नेपाल मै ठुला पैसा वाल र घराना बने का छन्। राज्य र माफिया वर्ग संग तिनीहरूको साइनो पिलो पाइलोमा जोडिएको देखिन्छ। मुलुकमा लुट्न र लुटको धन चाहिएको अपसोरमा लान जरुरी हुने सम्पूर्ण पूर्वाधार विगत तिन दशक लगाएर चुस्त दुरुस्त बनाइएको छ।

‘लुट गर र शासन गर’ भन्ने नियत रहेको कमाउने उद्योगको रूपमा मुलुकमा राजनीतिक दल जब स्थापित हुन्छ तव त्यस्ता मुलुकमा डिसेन्ट लगानीकर्ताको उपस्थिति सम्भव रहँदैन। त्यही अवस्था हाम्रो छ। आजको मितिमा त्यो अवस्थाको सबै भन्दा चरम लुटको हदमा मुलुक गुज्रिरहेको छ। वैश्विक प्रतिस्पर्धा च्युत भएको मुलुक बनेको नेपाल डिसेन्ट लगानीकर्ता पुग्ने वा रहने सामान्य सम्भावना भन्दा बाहिरको अवस्थामा छ।

यसको अर्थ के हो भने मुलुकै आजसम्म चुस्त कमाइ रहेका तस्करहरू कोलम्बिया र मेक्सिको तिर भेटिने गाँजा र ड्रग डन मार्फत जति हुन्छ कमाउने पेशाको रूपमा गाँजा कानुनी बने पछिको कारोबार आफैले क्याप्चर गर्ने ग्राण्ड डिजाइनमा हाल व्यस्त छन्।

अन्तर्राष्ट्रिय औषधीय गाँजाका लागि आवश्यक कडाइका मापदण्डहरू पूरा गर्न आधारभूत संरचना र विशेषज्ञताको नेपालमा हाल ठूलो आवश्यक छ। हाल नेपालमा यो मापदण्ड पूर्ति गर्न क्षमता राख्ने एउटा पनि निकाय नेपालमा अस्तित्वमा छैन। जरुरत अनुरुपको गुणस्तरको मापदण्ड कसरी बनाउने भन्ने ज्ञान समेत नेपालको संस्थागत स्मरणमा कहीँ कतै भेटिँदैन। यसको अर्थ हो, जो जो हालसम्म यसलाई कानुनी गर्ने भनी उच्च तहमा सक्रिय छन्, तिनीहरू मात्र मफिया कै जी हजुर र ज्यु हजुरी अनुरूप यसमा सक्रिय छन्। उनीहरूले चाहे अनुरूपको नियम कानुन बनाइ दिएर आफ्नो हिस्साको कमिसन सुरक्षित गर्न ध्यान मग्न छन्।

समग्रमा गाँजा वैधानिक गर्नु पर्ने समयको साइत चुकाएको नेपालले गाँजा वैधानिक गरेर आफ्नो अर्थतन्त्रमा अर्बौंको योगदान गर्ने अवसर माफियाहरूकै इसारा अनुरूप नियत बस गुमाएको सहज बुझ्न सकिन्छ। गाँजा वैधानिक गरेर मुलुकको निर्यात प्रवर्धन गर्न सकिने अवसरलाई आजको दिनमा संसारकै सबैभन्दा धनी नेता र कर्मचारी रहेको देश भनी नेपाललाई स्थापित गर्ने अवसर उन्मुख पारिएको छ।

इतिहासकै सबैभन्दा भ्रष्ट र नैतिक तथा सरकारी जिम्मेवारी बोध च्युत सरकारको उच्च तहमा रहेका नेता र कर्मचारी वर्ग हाल निम्न कदमहरूलाई निम्न उद्देश्य प्राप्तिका लागि अघि बढाईरहेको सहज अनुभूति गर्न सकिन्छ :
रणनीतिक स्थान निर्धारण : उच्च मूल्यका उत्पादनहरू जस्तै औषधीय गाँजा र जैविक हेम्पमा ध्यान केन्द्रित गरी त्यसलाई आफु वा आफ्नो समूहको दीर्घ मुनाफा दायक हुने विकल्पको रूपमा सुनिश्चित गर्नु।
ब्रान्डिङ : नेपाललाई हिमालयन प्रीमियम गाँजाको गन्तव्यको रूपमा स्थापित गरी त्यसको निजीकरण गरिएको लाइसेन्स आफ्नो पकडमा राख्ने।
आधारभूत संरचना लगानी : आपूर्ति श्रृंखला र गुणस्तर मापदण्ड क्षमतामा सुधार गर्ने नाममा सरकारमा आफू रहेको बेला लिन सक्ने कमिसन र उद्यममा विना लगानीको सेयर प्राप्त गर्नु। अनियमितता, अधिक आपूर्ति, र भ्रष्टाचार रोक्ने नाममा पुराना माफिया ग्रुपमा आफू पनि सहभागी भई हालको पद पश्चात पनि नियमित आम्दानी हुने श्रोत सुनिश्चित गर्ने।

समग्रमा नेपालसँग अपार सम्भावना रहेको भाषण गर्दै भोट प्राप्त गर्ने अनि त्यो सम्भावनालाई आफ्ना दस पुस्ताको भविष्य बनाउने तर्फ संस्थागत रूपमा लागि पर्ने नेपालको हालका पार्टीहरुको ओपन सेक्रेट नीति रहेको छ। नेपालको इतिहासमै हाल कायम रहेको सर्वाधिक भ्रष्ट व्यवस्था निमित्याण्ड विना नेपालमा न त गाँजा, न त कुनै राष्ट्रिय पुँजीपतिहरुको संरक्षण हुने अवस्था मुलुकमा छ। गाँजा मात्र होइन, नेपालका अर्गानिक रूपमा सफल हुने सम्भावना रहेको सम्पूर्ण उद्यम मार्फत मुलुकले फाइदा लिन हालको अवस्था होइनस व्यवस्था परिवर्तन मात्र जनता लाई उपलब्ध अन्तिम विकल्प बन्न पुगेको छ। अवस्था होइनस व्यवस्था परिवर्तन विना कुनै पनि जन स्तरको सकारात्मक कदमको कदमको नेपालमा कुनै पनि अर्थ रहने देखिँदैन। लुटको लागि राष्ट्रिय सहमति हुने राजनीतिक अर्थ व्यवस्थामा ठूलो मेहनत र वैज्ञानिक व्यवस्थापन होइन ।

वि.सं.२०८१ मंसिर १७ सोमवार १४:३२ मा प्रकाशित

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...