back
CTIZAN AD

मन्त्री राई भन्छन्-धर्मले मानव जातिलाई अनुशासित बनाएको छ

वि.सं.२०८१ मंसिर १८ मंगलवार

495 

shares

फिक्कल (इलाम) । रक्षामन्त्री मानवीर राईले सबै धर्मले मानव जातिलाई अनुशासित बनाएको बताएका छन् ।

इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सव समारोहमा मन्त्री राईले मानव जगतलाई अनुशासित बनाइराख्न धर्मले भूमिका निर्वाह गरिरहेको बताए ।

“यदि धर्म छैन भने लगामबिनाको घोडाजस्तै हुन्छ, एक्काइसौँ शताब्दीमा मानवको रुपमा उभ्याउन मुस्किल हुन्छ”, उनले भने, “सबै धर्मले मानव जातिलाई अनुशासित भएर बाँच्न सहयोग गरिरहेको छ ।”

मन्त्री राईले समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन र वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको उल्लेख गरे । “फाल्गुनन्द लिङ्देन र आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको छ, यो समग्र मानव जातिका लागि राम्रो पक्ष हो”, उनले भने । धर्मगुरु लिङ्देनको जन्मोत्सव धर्मगुरुको मात्र नभई समग्र किरात धर्मको उत्सव रहेको उनले चर्चा गरे ।

धर्मगुरु लिङ्देनको जन्मोत्सव हरेक वर्ष मङ्सिर १८ गते किरात धर्मावलम्बीले उत्सवका रुपमा मनाउने गरेका छन् । मन्त्री राईले धार्मिक सहिष्णुता कायम गर्दै समाजलाई अगाडि बढाउन आग्रह गरे । धर्मगुरु आत्मानन्दलाई किरात धर्मावलम्बीले ‘विश्व शान्ति र मानव एकता’का प्रतीकको रुपमा मान्दै आएका छन् ।

 

वि.सं.२०८१ मंसिर १८ मंगलवार १८:४६ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...