back
CTIZAN AD

ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

वि.सं.२०८१ मंसिर १९ बुधवार

1.3K 

shares

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षणसम्बन्धी सम्झौता भएको छ । ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने/गराउने सम्झौता भएको हो ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा-२६, विजयपुरमा मंगलबार एक कार्यक्रममा बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीका अनुसार ऋणीहरुको मृत्यु भएमा वा व्यवसाय विफल भएमा समेत कोषबाट सुविधा लिन सकिने छ ।

उक्त कार्यक्रममा कोषका प्रबन्धकहरु तथा वित्तीय संस्थाका विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

वित्तीय संस्थाले सातै प्रदेशमा १२१ वटा शाखा कार्यालयहरु मार्फत करीब एक लादख ५१ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको जनाएको छ । हाल वित्तीय संस्थाको ६० हजारभन्दा बढी ऋणी सदस्य र करीब ९ अर्ब ३३ करोड लगानीमा रहिरहेको कर्जा रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०८१ मंसिर १९ बुधवार १३:३१ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...