काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौंको सुन्धारामा रहेको सिभिल मलबिच एससिटी-युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।
यस सेवाअन्तर्गत एससिटी-युपिआइ कार्डधाराकहरूले आफ्नो एससिटी-युपिआइ कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डर ग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मङ्सिर १६ गतेदेखि सुरु भएको यो सेवाहाललाई ६ महिना सम्म लागु हुनेछ ।
कम्पनीका अनुसार एससिटी–युपिआइ डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससीटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् । एससिटी-युपिआइ कार्डधाराकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०८१ मंसिर १९ बुधवार १३:५७ मा प्रकाशित