back
CTIZAN AD

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

वि.सं.२०८१ मंसिर १९ बुधवार

990 

shares

फुङ्लिङ (ताप्लेजुङ) । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

सिरिजङ्घा गाउँपालिका-८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए । याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सबस्टेसनसम्मको विद्युत् प्रसारण प्रणाली निर्माण सम्पन्न गरिएको छ ।

विसं २०७९ मङ्सिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण रु दुई अर्ब ६३ करोड २९ लाख लागतमा छोटो अवधिमै सम्पन्न भएको हो । सुपर काबेली ‘ए’ आयोजनाको निर्माण सम्पन्न भएसँगै ताप्लेजुङमा उत्पादन भइरहेको जलविद्युत् आयोजनाको संख्या आठ पुगेको छ ।

ताप्लेजुङमा हालसम्मका सबैभन्दा ठूला आयोजनामध्ये ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना प्रमुख हो । त्यसलाई सानिमा हाइड्रो कम्पनीले निर्माण गरेको हो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा सञ्चालित २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट आयोजना पनि यस क्षेत्रका महत्त्वपूर्ण आयोजना हुन् ।

इँवाखोला जलविद्युत् आयोजनामा नौ दशमलव नौ मेगावाट र माथिल्लो इँवाखोला आयोजनामा नौ दशमलव सात मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यी आयोजना ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इन्द्रावती खोलाबाट सञ्चालित छन् । पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा युनिटेक हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच दशमलव आठ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ ।

ताप्लेजुङमा हाल डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना सम्पन्न भएपछि जिल्लामा विद्युत् उत्पादन थप विस्तार हुने अपेक्षा गरिएको छ ।
रासस

वि.सं.२०८१ मंसिर १९ बुधवार १४:३३ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...