back
CTIZAN AD

महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

वि.सं.२०८१ मंसिर १९ बुधवार

909 

shares

काठममाडौँ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएकाो छ ।

मंगलबार परेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।

३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिहरुको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरुको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न प्रयास गर्नेछ ।

साथै अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ ।

साथै संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा “ समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल सँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गर्ने उद्धेश्य अनुरुप बैंकको केन्दि«य कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सेतो छडी लगायतका सामग्रीहरु समेत वितरण गरिएको छ ।

यस किसिमका कार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 

 

 

वि.सं.२०८१ मंसिर १९ बुधवार १५:०८ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...