back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर २२ शनिवार

1.2K 

shares

स्पन्दन विनोद
विरुवा, भक्तपुर हाल-वेलायत

नसाले तर्कना भन्दा दियो आभास जीवनमा
ढले जस्तै सिसामाथि खसेछन् खास जीवनमा

कसैले भन्दथ्यो रोऊ रुँदा झन् हुन्छ आनन्द
रहेनन् आँसु आँखामा रहोस् के आस जीवनमा

बगरमा बस्दथेँ हरपल बगेका बालुवा हेर्दै
यता गर्छन् उता गर्छन् छ के मधुमास जीवनमा

मलाई घाइते पारी तिमी सोध्छ्यौ गरूँ के के ?
बिरालोसँग मुसाले जो ग¥यो विश्वास जीवनमा

दगुर्छन् कुण्डली बोकी बिहेको सोचले मान्छे
बिना यो कुण्डली नाता छ के सन्त्रास जीवनमा

बहर -हजज मुसम्मन सालिम
अर्कान – मुफाईलुन् मुफाईलुन् मुफाईलुन् मुफाईलुन्
वजन – १२२२ १२२२ १२२२ १२२३
काफिया – आस
रदिफ – जीवनमा
अभ्यास -परिश्रमी पाठशाला

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...