back
CTIZAN AD

कविता : धर्ती आमा

वि.सं.२०८१ मंसिर २२ शनिवार

1.2K 

shares

दीनानाथ पोख्रेल, इलाम

आमा हुन् धरणी अनन्त महिमा गाएर को सक्छ र ?
गाई मात्र रहे सुकृत्य नभए खाना कहाँ पाक्छ र ?
आमा हुन् मनले भुले भवविषे मान्छे कहाँ हुन्छ र ?
आफैँ उठ्न सकूँ सिँगार्न धरणी के भोकले छुन्छ र ?०१।।

चम्कून् चम्चम प्राप्तिका मनहरू आकाश अग्लो छ र ?
आफैँ कर्म गरी विकास नभरी के सौख्य भेटिन्छ र ?
उम्दा दान लिएर बस्दछु भुली को भन्छ मान्छे भनी ?
पस्की कर्मकला म बाँच्न नसके को मान्छ मान्छे जुनी ?०२।।

मागी खान हुँदैन सन्तति बुझून् यो ज्ञान मैले लिए ।
पोखेँ दीर्घ कुरा बसेँ म घरमा सत्कर्म जम्मै खिए ।।
आँखा आँगन हेर्न भुल्दछ भने सङ्लन्न मेरो मियो ।
बाती तेलसमान छैन जसमा के बल्छ बाल्दा दियो ?०३।।

अग्ला पर्वत भन्दछन् कृत टिपीअग्लो बनी आउनू ।
प्यारो बन्न परे सुकर्म करमा पक्री सधैँ धाउनू ।।
तारा चम्चम चम्कँदै लहरमा आऊ भनी भन्दछन् ।
राम्रा कर्म चुनी हिँडे सुपथमा तारा छुने बन्दछन् ।।०४।।

राम्रा छन् झरना र ताल भवका झन् प्रेम बोक्छन् मन ।
हेरोस् नेत्र र चेतले मनुजले भेट्नेछ सङ्लो धन ।।
अल्छी चाल हटोस् सुधार पथमा यो चेत आफैँ हिँडोस् ।
चिन्ता,ताप,तनाव पूर्ण घरका खोजेर जम्मै गिँडोस्।।०५।।

नेपालीपन चेतभित्र बटुली सैपाल चुम्ने बनौँ।
मान्छेका मनभित्र सौख्य हितका राम्रा सुबाटा खनौँ ।।
फल्नेछन् फल शान्तिका डगरमा गन्तव्य यात्री बनौँ ।
हाम्रो देश रमाउने कृत कला पक्रेर हामी भनौँ ।।०६।।

 

छन्द – शार्दूलविक्रीडित
गण –  SSS  IIS  ISI  IIS  SSI  SSI  S

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...