back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ मंसिर २२ शनिवार

660 

shares

विष्णु थापा ‘विछोड’
गागलफेदी, काठमाडौ

१.
परेको बेला कोही हुँदैनन् थाहा पाउँदा पनि
मनको घाउ कसैले छुदैँनन् थाहा पाउँदा पनि
देखावटी नाता सम्बन्ध बोकेरै हिँडेको छु
यो मुटु दुख्दा कोही रुदैँनन् थाहा पाउँदा पनि ।

२.
तिमीले मैले देखेका एउटै सपना सजाउनु छ
हाम्रो सुन्दर संसारमा चिटिक्क घर बनाउनु छ
धेरै दुःख गरिसक्यौँ जिन्दगीको पहाड चड्दा
हातमा हात मिलाएर खुसीको जीवन रमाउनु छ ।

३.
मानसिक स्वास्थ बिगार्न न आउनु अब देखि
नचाहिने आरोप प्रत्यारोप न लाउनु अब देखि
तुच्छ वचनको प्रहारले मनमा चोट परिसक्यो
व्यर्थमा बेसुरका गाना न गाउनु अबदेखि ।

४.
बसौँ सँगै आऊ न! माया शंका सबै हटाएर
दुई मुटु एक धड्कन मायामा माया अटाएर
अनुरोध गरेँ आजपनि आफ्नै प्रियेतमालाई
छातीमा छाती टाँसी दिउँ दूरी अब घटाएर ।

५.
टन्न पेट अघाएर पुष्ट हुन्छ्न् सैतानहरू
बलात्कारी भ्रष्टाचारी दुष्ट हुन्छ्न् सैतानहरू
जनताले जाहेज माग न्याय कानुन खोज्यो कि त
खिली हाल्ने अरिंगालझैँ रुष्ट हुन्छन् सैतानहरू

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३२ मा प्रकाशित

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...