back
CTIZAN AD

कविता : परिचय विहीन

वि.सं.२०८१ मंसिर २२ शनिवार

1.1K 

shares

ब्रह्मदत्त वाग्ले,बेल्जियम
म त !
आफुले आफैलाई
परिचय, पहिचान र अस्तित्व विहीन
बनाई सकेको मान्छे न हूँ
त्यसैले !
नसोध मलाई कसैले पनि
मेरो परिचय, पहिचान र अस्तित्वको वारेमा
किनकी !
म मेरा पूर्खाहरूले दिएको परिचय,
पहिचान र अस्तित्वमा
अटाउँन नसकेको मान्छे
उनीहरूले कोरेको भूगोलको सीमा भित्र
अटाउँन र बस्न नसकेको मान्छे न हुँ
त्यसैले !
नसोध मलाई कसैले पनि
मेरो परिचय,पहिचान र अस्तित्वको वारेमा
म त ! अस्तित्व विहीन भै
अन्धकारमा नै रूमलिरहेछु
अपशोच !
आज मलाई
न जन्मेको देशले चिन्छ
न त बसेको देशलेनै चिन्छ
न त बसेको देशमा नै मन छ
आखिर !
म को हूँ त ?
मेरो देश कुन हो त ?
म कुन भाषालाई आफ्नो मानौ ?
जन्मभूमिको या बसेको देशको ?
मेरा प्रश्नहरू उत्तर विहीन वनिरहे
शून्यमा शून्यसरी हराई रहे
किनकी !
म जन्मेको समाजको अँश बन्न सकिन
जतिनै माया लागे पनि
खेल्दै,बढ्दै हुर्केको माटोमा
अटाउँनै सकिन–बस्नै सकिन
त्यसैले !
म त उडिरहेछु पवन सरी
यो सीमा विहीन भूगोलमा
अझै कति र कहिलेसम्म उडिरहनु पर्ने होला ?
अनन्त यात्रा अन्जान भविष्य
आखिÞर !
म को हूँ त ?
मेरो देश कुन हो त ?

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...