back

कविता : परिचय विहीन

वि.सं.२०८१ मंसिर २२ शनिवार

297 

shares
GLOBAL IME AD
NTC AD

ब्रह्मदत्त वाग्ले,बेल्जियम
म त !
आफुले आफैलाई
परिचय, पहिचान र अस्तित्व विहीन
बनाई सकेको मान्छे न हूँ
त्यसैले !
नसोध मलाई कसैले पनि
मेरो परिचय, पहिचान र अस्तित्वको वारेमा
किनकी !
म मेरा पूर्खाहरूले दिएको परिचय,
पहिचान र अस्तित्वमा
अटाउँन नसकेको मान्छे
उनीहरूले कोरेको भूगोलको सीमा भित्र
अटाउँन र बस्न नसकेको मान्छे न हुँ
त्यसैले !
नसोध मलाई कसैले पनि
मेरो परिचय,पहिचान र अस्तित्वको वारेमा
म त ! अस्तित्व विहीन भै
अन्धकारमा नै रूमलिरहेछु
अपशोच !
आज मलाई
न जन्मेको देशले चिन्छ
न त बसेको देशलेनै चिन्छ
न त बसेको देशमा नै मन छ
आखिर !
म को हूँ त ?
मेरो देश कुन हो त ?
म कुन भाषालाई आफ्नो मानौ ?
जन्मभूमिको या बसेको देशको ?
मेरा प्रश्नहरू उत्तर विहीन वनिरहे
शून्यमा शून्यसरी हराई रहे
किनकी !
म जन्मेको समाजको अँश बन्न सकिन
जतिनै माया लागे पनि
खेल्दै,बढ्दै हुर्केको माटोमा
अटाउँनै सकिन–बस्नै सकिन
त्यसैले !
म त उडिरहेछु पवन सरी
यो सीमा विहीन भूगोलमा
अझै कति र कहिलेसम्म उडिरहनु पर्ने होला ?
अनन्त यात्रा अन्जान भविष्य
आखिÞर !
म को हूँ त ?
मेरो देश कुन हो त ?

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३३ मा प्रकाशित

कविता : पैसा

कविता : पैसा

कोपिला बर्देवा, काठमाडौं  पैसाले सारा संसार चल्ने रहेछ हुनेलाई पो...

गजल

गजल

नवराज न्यौपाने ’मौन’,गोरखा सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

लघुकथा : सहयायी

लघुकथा : सहयायी

मनीषकुमार शर्मा ‘समित’,मध्यपुर ठिमी, भक्तपुर बुढा भएका वरपीपल सँगै बसेर...

कविता : शिशिर ऋतु

कविता : शिशिर ऋतु

मचिन्द्र खत्री, धरान, सुनसरी सरसर चल हावा,शीत सर्को लिएर थरथर...

कविता : कविताको मृत्यु

कविता : कविताको मृत्यु

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा संसारभरि कसैले हल्ला फैलायो ए...

गजल

गजल

सुशील रिजाल, किर्तिपुर, काठमाडौं भुलेँ प्यास सारा नसाको रहरमा छु...