back

लघुकथा : उपराजा

वि.सं.२०८१ मंसिर २२ शनिवार

288 

shares
GLOBAL IME AD
NTC AD

वसन्त अनुभव, घोराही, दाङ

स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै जङ्गली जनावरहरूको उपस्थिति रहेको थियोे ।

‘हाम्रा राजा सिंह, एक डाइनामिक, दुरदर्शी, इमानदार राजा होइसिन्छ । यहाँजस्तो न हिजो थियोे, न भोलि नै हुनेछ ।’ प्रशंसाको पुल बाँध्दै स्यालले चिच्यायो ।

हिजोसम्म सिंहलाई देखिनसहने, सदा उछितो काँढ्न तत्पर हुने स्यालको कुरा सुनेर उपस्थित जङ्गली जनावरहरू केहीक्षण अलमलमा परे । तर पनि ब्वाँसोको धम्कीपूर्ण इसारा पाउनेबित्तिँकै सबैले गडगडाहट ताली ठोके ।

नील गाईलाई खपिनसक्मु भयो । अन्ततः जरायोको कानमा खुसुक्क छाद्न पुग्यो,
‘हिजोसम्म निरङ्कुश, तानाशाह, भ्रष्ट, .. केके हो केके भनी उछितो काँढेर नथाक्ने यहीँ स्याल हैन; एक्कासि आज के भएछ, यसलाई ?’

‘उपराजा ! हो, सिंहले उसलाई जहिलेदेखि जङ्गलको उपराजा बनायो, त्यहाँदेखि यसको घडाबाट अमृतबाहेक केही बगेको छैन ।’ जरायोले स्यालको उपहास उडाउँदै भन्यो ।

 

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३४ मा प्रकाशित

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

चारु राग विराग

चारु राग विराग

डिल्ली राज घिमिरे, अर्घाखाँची हुन् गौतम बुद्ध मान हेर हाम्रो...

गजल

गजल

बिष्णुकुमार बराइली मिरिक, दार्जीलिङ ऊ सोच्छ आफैँ बनेछु नायक छ...

गजल

गजल

उत्तम विचार, नुवाकोट ठुला मान्छे दम्भ गर्छन् र सानाको अर्थ...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. अनेकतामा एकता बनाऊँ शत्रुसामु कहिल्यै नझुक्ने...

कविता : देशप्रेम

कविता : देशप्रेम

कलानिधि दाहाल, काठमाडौं हुँदैन राष्ट्रसाँध यो विशाल विश्व राष्ट्र हो...