back
CTIZAN AD

लघुकथा : उपराजा

वि.सं.२०८१ मंसिर २२ शनिवार

1.2K 

shares

वसन्त अनुभव, घोराही, दाङ

स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै जङ्गली जनावरहरूको उपस्थिति रहेको थियोे ।

‘हाम्रा राजा सिंह, एक डाइनामिक, दुरदर्शी, इमानदार राजा होइसिन्छ । यहाँजस्तो न हिजो थियोे, न भोलि नै हुनेछ ।’ प्रशंसाको पुल बाँध्दै स्यालले चिच्यायो ।

हिजोसम्म सिंहलाई देखिनसहने, सदा उछितो काँढ्न तत्पर हुने स्यालको कुरा सुनेर उपस्थित जङ्गली जनावरहरू केहीक्षण अलमलमा परे । तर पनि ब्वाँसोको धम्कीपूर्ण इसारा पाउनेबित्तिँकै सबैले गडगडाहट ताली ठोके ।

नील गाईलाई खपिनसक्मु भयो । अन्ततः जरायोको कानमा खुसुक्क छाद्न पुग्यो,
‘हिजोसम्म निरङ्कुश, तानाशाह, भ्रष्ट, .. केके हो केके भनी उछितो काँढेर नथाक्ने यहीँ स्याल हैन; एक्कासि आज के भएछ, यसलाई ?’

‘उपराजा ! हो, सिंहले उसलाई जहिलेदेखि जङ्गलको उपराजा बनायो, त्यहाँदेखि यसको घडाबाट अमृतबाहेक केही बगेको छैन ।’ जरायोले स्यालको उपहास उडाउँदै भन्यो ।

 

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...