back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर २२ शनिवार

1.2K 

shares

तारा बिष्ट छन्दार्पण
हाल : मलेसिया

देश लुट्ने दुष्ट जनको हुन्छ जहिल्यै दल बनेको ।
राष्ट्रघातीकै सधैँभर देखियो हुल खल बनेको ।

बन्छ कसरी देश नेता दाउमा छन् लुट्नेमात्र
लाग्छ यो नेतृत्व हेर्दा स्वार्थले पागल बनेको ।

देशका द्रोहीहरू छन् व्यस्त कुर्सी खोज्नलाई
चाल हेर्दा लाग्छ हो कि बुद्धिमा खाडल बनेको

पाप मात्रै सोच्न थाले योजना छन् देश लुट्ने
देखिने कहिले पो होला देश नै झलमल बनेको

देशमा गणतन्त्र आयो भिन्न केही देखिएन
लाग्छ रक्सी हो पुरानै नौलो हो बोतल बनेको

बहर : रमल मुसम्मन सालिम
अर्कान : फाइलातुन् फाइलातुन् फाइलातुन् फाइलातुन्
वजन : २१२२ – २१२२ – २१२२ – २१२२
अभ्यास : स्वर्ण पाठशाला

 

 

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...