back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर २२ शनिवार

1K 

shares

एक नारायण चापागाईं, दाङ

धरातलमा भए बन्जर हरा हरपल कहाँ हुन्छ
सदा बढ्दै गए गर्मी धरा शीतल कहाँ हुन्छ

नयाँ साथी भने जस्तो कोही पाए कतै उनले
मजा गर्दै सधैँ डुल्ने यहाँ पागल कहाँ हुन्छ

नहेप्नू है कसैलाई छ यो निर्धन भनी मान्छे
कुनै दिन आउला उसको सधैँ दुर्बल कहाँ हुन्छ

लुटी खाने ग¥यो जसले दिँदै धम्की अरूलाई
सधैँ अपराध गर्थे जो सिधा कायल कहाँ हुन्छ

भए मात्रै तिमी अल्छी सफलता हुन्न केहीमा
गरेमा काममा जाँगर सधैँ असफल कहाँ हुन्छ

बहर – हजज मुसम्मन सालिम
अर्कान – मुफाईलुन् मुफाईलुन् मुफाईलुन् मुफाईलुन्
वजन -१२२२ – १२२२ – १२२२ – १२२२
अभ्यास -परिश्रमी पाठशाला

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...