back
CTIZAN AD

कविता : कस्तो बगैँचा भयो

वि.सं.२०८१ मंसिर २२ शनिवार

876 

shares

कनकधारा स्वामी स्वदेशानन्द
गान्तोक, सिक्किम

यी काकाकुल मात्र देखिन गए पानी कहाँ पाउलान्,
सामा धान बराबरी हुन गयो के जाउली ल्याउलान् ।
आफ्नाको अनुहार रित्तिन गयो आफन्तकै देशमा,
पस्छन् भालु बँदेल कुञ्ज गिरिमा बाली सबै मास्तछन् ।।०१।।

सीताराम वियोगमैँ बितिरहे छन् राक्षसी हर्कमा,
जोडी भैकन डुल्दछन् विपिनमा मन्दोदरी–रावण ।
वैदेही भृकुटी हिमाचलसुता ओझेलमा बस्तछन्,
थुप्रै सुर्पणखाहरू कुलबधू यो राष्ट्रका बन्दछन् ।।०२।।

यी हाम्रा सब सारथी अबुझ छन् पापा चिची खोज्दछन्,
कोल्टे हात सधैँ गरेर रथ यो ढल्काउने गर्दछन्
यो हाम्रो रथ पल्टनेछ कहिले भेटिन्छ गङ्गातिर,
गङ्गा स्नान सदैव मिल्दछ भनी हाँस्ता हुनन् पामर ।।०३।।

आई इन्द्र महेन्द्रको विपिनमा फाटो सधैँ हाल्दछ,
पूज्या मान्दछ जानकी गिरिसुता होच्याउने गर्दछ्र ।
पापा दिन्छु भनेर लालच दिँदा धेरै फसे बालक,
बोलीमा करुणा दया छ उसको भित्री महापात ।।४।।

यी काकाकुलले कुवा अब खनून् चाहिन्छ पानी भने,
आशा बादलको कदापि नगरून् बाँच्ने छ इच्छा भने ।
पानी खान सिकून् हिमालतिरको पीयूष दिव्यौषध,
बर्खाको अब आस छैन वनमा पानी कहाँ पर्दछ ।।०५।।

मैले शब्द प्रसूनको विपिनमा खेती लगाऊँ भनी,
रोपेँ बीज पहाडका सुमनको उम्रेन केही पनि ।
चाँपो फुल्न सकेन कुञ्ज वनमा मासिन्छ झैँ देखियो,
बन्सो जङ्गल झार हौसिन गयो कस्तो बगैँचा भयो ।।०६।।

छन्द : शार्दूलविक्रीडित
गण :म स ज स त त गु
गण सङ्केतः SSS llS lSl llS SSl SSl S

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:४० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...