back

संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छः सभामुख

वि.सं.२०८१ मंसिर २३ आइतवार

174 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका छन् ।

सङ्घीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको ‘सङ्घीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढङ्गले कानुनी व्यवस्था गरेर जानुपर्नेमा बताए ।

“सङ्घीय संसद्लाई प्रभावकारी हामी सबैले आआफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै एकता र समन्वयबाट अघि बढ्नुपर्छ”, सभामुख घिमिरेले भने, “कानुन निर्माण र संसद् सचिवालयले आवश्यक सहजीकरण गरेर यसको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै जानुपर्छ ।” सङ्घीय संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यसबारे मार्गनिर्देश गर्न सकेका अवस्थामा दवसको सान्दर्भिकता अझ बढ्ने उनको भनाइ छ ।

सभामुख घिमिरेले संसद् सचिवालयले दिने सेवासुविधाका आधारमा संसद्लाई प्रभावकारी बनाउन सकिने भन्दै यसमा सरोकार भएका सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । “छुट्टै सेवाको आवश्यकता परेकाले ऐनको व्यवस्था भएर सोही अनुरूप संसद् सञ्चालन भइरहेको छ । अठार वर्षको सेवाको समीक्षा गरौँ, तुलनात्मक रूपमा प्रगति भएको पाउने छौँ”, उनले भने, “संसदीय अभ्यास र हामीले गरेका उपलब्धि अरु मुलुकको तुलनामा भन्दा पनि नेपालको विगतको तुलनामा हेरिनुपर्छ ।”

सभामुख घिमिरेले राज्यका प्रमुख तीन शक्तिहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको समन्वय, आपसी सहकार्य र सम्बन्धलाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए ।

“कार्यपालिका र व्यवस्थापिकाबीचमा प्रभावकारी समन्वय जरुरी छ”, उनले भने, “कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने, व्यवस्थापिकाले कार्यपालिका विरुद्ध जानखोज्ने प्रवृत्तिले संसद्को काम कारबाही र संसदीय सेवालाई प्रभावकारी बनाउन सक्दैन, त्यसैले यो विषयलाई बहस र छलफल गरेर टुङ्ग्याइनुपर्छ ।” सभामुख घिमिरेले सङ्घीय संसद्को कार्यक्षेत्रलाई प्रदेशस्तरमा विस्तार गर्न पनि बहस पैरवी जरुरी रहेको उल्लेख गरे ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्लाई प्रभावकारी बनाउन सबैको सामूहिक प्रयत्न आवश्यक पर्ने बताए । उनले भने, “संसद्को प्रभावकारिता संसद्ले गरेका निर्णयका आधारमा भरपर्छन् । निर्णयलाई व्यवहारिक कार्यान्वयनमा लैजान सकेमात्रै संसद्को प्रभावकारिता बढ्छ र यो कार्य सामूहिक प्रयत्नबाट सम्भव छ ।”

अध्यक्ष दाहालले संविधानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन। कानुन बनार अगाडि बढ्नुपर्ने धारणा राखे । संसद् र कर्मचारीबीचको प्रभावकारी समन्वय र विश्वास कायम गरेर सुशासन प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्ने जरुरी रहेको उनले उल्लेख गरे ।

उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी बनाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताए । उनले संसदीय काम कारबाहीलाई प्रभावकारी बनाउन सांसद् र कर्मचारीबीच सहकार्य र समन्वय आवश्यकपर्ने भन्दै सबैको भूमिका उल्लेख्य हुनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद् सेवा विशिष्टिकृत सेवा भएकाले यसलाई प्रभावकारी बनाउन सबै गम्भीर हुनुपर्नेमा जोड दिए । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले सङ्घीय संसद्को प्रभावकारिताका लागि सांसद् र सचिवालयले समयसापेक्षा रूपमा प्रभावकारी काम गर्नुपर्ने बताए । “संसद्को प्रभावकारिताका अभिवृद्धिका लागि सचिवालयले प्रभावकारी सेवा दिनुपर्छ, जनशक्ति थपेर सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ”, उनले भने ।

कार्यक्रममा सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले ‘सङ्घीय संसद्को प्रभावकारिताका संसद् सेवाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सेवालाई प्रभावकारी बनाउन, पर्याप्त बजेट दक्ष जनशक्ति र प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताए । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै संसद्लाई मर्यादित र व्यवस्थित बनाउन सचिवालय चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिए ।

पूर्वसविच जनकराज जोशीले संसद्लाई प्रभावकारी बनाउन संसदीय समितिलाई सक्रिय बनाउने, संसद् र सम्बन्धित समितिले गरेका निर्णय र निर्देशनलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने खाँचो औँल्याए ।

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...