back
CTIZAN AD

एनपिएलः चितवनले सुदूरपश्चिमलाई हरायो

वि.सं.२०८१ मंसिर २३ आइतवार

834 

shares

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए ।
चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यसैगरी रवि बोपारा १८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन बनाए भने कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोडे । विपीन रावलले १७ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए ।

यससँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो ।

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:१७ मा प्रकाशित

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई...

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...