back
CTIZAN AD

व्यावसायी बन्दै आमाहरू

वि.सं.२०८१ मंसिर २८ शुक्रवार

801 

shares

बरहथवा (सर्लाही) । सर्लाहीको हरिवन नगरपालिका–५, घुर्काैलीका स्थानीय महिलाहरूले लघुउद्यम गरेर आम्दानी गर्न थालेका छन् ।

स्थानीय नौ महिलाको समूहले गाउँघरमै लघुउद्यम गरेर फुर्सदको समयमा थोरै भए पनि आम्दानी गर्न सुरु गरेका हुन् । हरिवन नगरपालिका–५ वडा कार्यालयले महिला सशक्तिकरणको लागि छुट्याइएको बजेटबाट लिएको तालिमले अहिले उद्यमी व्यवसायी बनाएको आमा शक्ति महिला लघुउद्यमी समूहकी अध्यक्ष शिलाकुमारी महतोले बताईन् ।

‘‘हामी आमाहरू मिलेर समूह बनाएका छौँ’’ उनले भनिन्, ‘‘आमाहरूको लागि अत्यआवश्यक सरफ (डिटरजेन्ट पाउडर) बनाउन सुरु गरेका छौँ ।’’ महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित दुई वर्षअघि वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी स्थानीय महिलाजनले जनही रु पाँच हजारका दरले रकम जम्मा गरेर समूह दर्ता गरेका हुन् । सुरुमा हातले बनाएर प्याक गर्ने र आफैँले प्रयोग गर्ने गरेको समूहकी कोषाध्यक्ष सजनी स्याङ्तानले बताईन् । यसरी व्यावसायिक हुन नसक्ने देखेपछि फेरि सदस्यहरूले रु २५÷२५ हजार थपेर र नपुग रकम ऋण लिएर मेसिन किनेको उनकोे भनाइ छ । मेसिनको सहायताले धेरै छिटो र सजिलै धेरै सरफ उत्पादन गर्न सकेको उनले बताईन् ।

समूहले उत्पादन गरेको सरफ प्याक गरेर आफैँले बजारसम्म पु¥याउने गरेको छ । बजारमा माग कम रहेकाले अहिले १५ दिनमा दुई पटक उत्पादन गर्ने र अन्य दिनमा बजारमा प्रचारप्रसार गर्ने गरेको अध्यक्ष महतोले बताईन् । ‘‘उत्पादन गर्ने दिन सबै सदस्य बिहान घरधन्दा सकेर कारखानामा उपस्थित हुन्छौँ’’ उनले भनिन्, ‘‘काम बाँडफाँट गरेर कसैले तयारी पाउडर प्याकेटमा हाल्ने, कसैले जोख्ने, कसैले प्याक गर्ने र कसैले बोरामा प्याक गरेर राख्ने गर्छौँ ।’’

सीप सिकेर उद्यमी व्यवसायी बनेपछि तरकारी, सामान्य खर्चको लागि श्रीमान्को मुख ताक्नुपर्ने बाध्यता हटेको उनीहरूको भनाइ छ । स्थानीय तहले दिने तालिम लिएर सदुपयोग गर्न सके स्वरोजगार बन्नसमेत सहयोग पुग्ने उनीँहरूको अनुभव छ । यस समूहले उत्पादन गरेको सरफ उक्त वडाले सुत्केरी पोषण प्याकेज कार्यक्रममा वितरण गर्ने गरिएको छ । नगरका ११ वटै वडाका सुत्केरीलाई वितरण गरिने पोषण प्याकेजमा स्थानीय उत्पादन समावेश गरिदिए आफूहरुले बजार खोज्न धाउनुपर्ने समस्यासमेत समाधान हुने कोषाध्यक्ष स्याङ्तानले बताईन् ।

समूहकी अध्यक्ष महतोले बजारमा अत्यधिक प्रतिस्पर्धा रहेको र स्थानीय उत्पादन भनेपछि नाक खुम्च्याउने प्रचलनले समस्या भएको बताईन् । ‘‘हामी लघुउद्यमीसँग ठूलो लगानी छैन’’ उनले भनिन्, ‘‘थोरै कच्चापदार्थ लिँदा महङ्गो पर्छ । उपकरणको प्रयोग गर्न नसकेका कारण लागत पनि केही बढी हुन्छ । स्थानीयस्तरमा उत्पादन गरेको भनेपछि उपभोक्ता किन्न हिच्किचाउने गर्दा बजारमा केही समस्या भए पनि निराश नभइ उत्पादन गरिरहेका छौँ ।’’ बजारमा पाइने अन्य सरफभन्दा पनि गुणस्तरको सरफ उत्पादन गरेको अध्यक्ष महतोले दाबी गरिन् ।
स्थानीय तथा नगरवासीले पनि स्थानीय उत्पादन खोजीखोजी प्रयोग गरेर साना धरेलु तथा लघु उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनकोे भनाइ छ । समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले आठ लाख रुपैयाँ बराबरको पुँजी विस्तार गरेको जनाएको छ । अढाइ क्वीन्टल क्षमताको मिक्सचर मेसिन, एक थान तौल मेसिन र एक थान प्याकेट बन्द गर्ने हिटर मेसिनको प्रयोगबाट उनीहरुले सरफ उत्पादन गरिरहेका छिन् ।

बजारबाट माग आएमा दैनिक २५ क्विन्टलसम्म सरफ उत्पादन र प्याकिङ गर्ने उपकरण र जनशक्ति आफूहरुसँग मौज्दात रहेको अध्यक्ष महतोले बताईन् ।

यहाँ उत्पादित सरफ प्रतिकिलो होलसेलमा ८० रुपैयाँ र खुद्रामा सय रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ । अहिले महिनाको चारदेखि पाँच क्विन्टलसम्म सरफ उत्पादन गरेर बजारमा पु¥याउने गरेको समूहले जनाएको छ ।

वि.सं.२०८१ मंसिर २८ शुक्रवार १३:४१ मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...