back
CTIZAN AD

मलखाद र यान्त्रिकीकरणको अभावमा तोरीको उत्पादन बढाउन गाह्रो

वि.सं.२०८१ पुस ४ बिहीवार

957 

shares
कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि प्रचुर सम्भावना भएको मानिन्छ । जिल्लाभर यो क्षेत्र तोरी उत्पादनका हिसाबले प्रसिद्ध छ तर प्रचुर सम्भावना भएर पनि यसबाट धेरै लाभ लिन सकिएको छैन । नवीन प्रविधि, उन्नत मलखाद र यान्त्रिकीकरणको अभावमा यहाँका किसानले उत्पादन बढाउन सकेका छैनन् ।
पुरानै तरिकाले खेती गर्दा सोचेअनुसार उत्पादन हुन नसकेको किसानको गुनासो छ । चार वर्षदेखि सात बिघा जग्गामा तोरीखेती गर्दै आएका वडा नं ६ का किसान बोमबहादुर रावल यान्त्रिकीकरणमा जोड दिन नसक्दा उत्पादन वृद्धि गर्न नसकिएको बताउँछन् । सात बिघा जग्गामा प्रतिवर्ष २८ क्विन्टल तोरी उत्पादन भए पनि आधुनिक उपकरणको प्रयोग गर्न सके उत्पादन धेरै बढाउन सकिने उनको विश्वास छ । “सीमावर्ती क्षेत्र भारतका किसानले थोरै जग्गामा तोरीको खेती गरी मनग्य उत्पादन गरिरहेका छन् ।  भारतीय किसानले खेत जोत्नका लागि आधुनिक रोटाभेटर, बीउ छर्नका लागि सिडड्रिल, प्रोसिडर मेसिनको प्रयोग गर्छन्, हामी कहाँ पुरानै पद्धति छ । अत्याधुनिक प्रविधि उपलब्ध नहुँदा यहाँ उत्पादन बढी हुँदैन”, रावलले भने ।
यहाँका अधिकांश किसानले हातले नै तोरी छर्दा कतै बाक्लो त कतै पातलो उम्रिने गर्छ । जसले गर्दा बोट सप्रिन पाउँदैन । उत्पादनमा त्यस कार्यले असर गर्छ । मिहिनेतअनुसार उत्पादन हुँदैन । सबै किसानको पहुँचमा आधुनिक यन्त्र र उपकरण पुग्न नसक्दा बढी लाभ लिन नसकिएको सबैजसो किसानको भनाइ छ । उत्पादन बढाउनका लागि आधुनिक यन्त्र, उपकरणसँगै उन्नत जातको बीउ, मलको आपूर्ति सहज हुनैपर्ने किसानले बताउने गरेका छन् । “अधिकांश किसानले यन्त्र र उपकरण खरिद गर्न सक्दैनन् । आर्थिक हैसियतले धान्दैन, किसानको मागलाई दृष्टिगत गरी स्थानीय तह, प्रदेश र सङ्घ सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरे हामीलाई मात्रै होइन राज्यलाई पनि त फाइदा हुन्थ्यो होला”, रावलको कथन छ ।
अर्का किसान गगन सिंह विष्ट पनि आधुनिक प्रविधि मात्रै होइन, तोरीखेतीका लागि आवश्यक पर्ने सिङ्गल सुपर सल्फेट, बोरोन, म्याग्नेसियमलगायत मलसमेत नपाउँदा उत्पादन वृद्धिमा समस्या हुने गरेको बताउँछन् । उनी भन्छन्, “यी मलका लागि भारतकै भर पर्नुपर्ने अवस्था छ । मलको सहज आपूर्ति भए पनि अहिलेको भन्दा धेरै तोरीको उत्पादनमा वृद्धि गर्न सकिन्छ ।”
तोरी उत्पादनका लागि बेलौरी क्षेत्र पहिलेदेखि नै परिचित छ । खेतमा वैज्ञानिक तरिकाले रासायनिक मलको प्रयोग नहुँदा पहिलेको तुलनामा माटोको उर्वरा शक्तिमा ह्रास आएको स्थानीय किसान बताउँछन् । प्राङ्गारिक मल, माटोको गुणस्तरमा सुधार गरी उत्पादन बढाउन सकिने भए पनि यसमा पनि कुनै पहल भएको देखिँदैन ।
नगरपालिकबाट माटो परीक्षणको कार्य मात्रै भएको तर माटो सुधारका लागि कार्यक्रम सञ्चालन नभएको किसानहरूको गुनासो छ । यहाँका किसानले उखुखेतीमा र अलग्गै पनि तोरीको खेती गर्दै आएका छन् । एकातिर उत्पादनका लागि लगानी नहुँने र अर्कोतिर किसानले उत्पादन गरेको तोरीले उचित मूल्य नपाउने समस्याले आफूहरू समस्यामा रहेको धेरैको भनाइ छ । “तोरीको उत्पादन किसानले गर्ने तर बजारमा बेच्न लैजाँदा व्यापारीले मूल्य निर्धारण गरी खरिद गर्ने परिपाटीको अन्त्य हुनर्छ । किसानको लागत खर्च उठ्नेगरी सरकारी तवरबाट मूल्य निर्धारण गरे हामीलाई धेरै सहज हुन्थ्यो”, विष्टले भने ।
नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमनराज जोशी पनि नगरपालिकामा दुई सय हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको र त्यसबाट दुई हजार छ सय क्विन्टल उत्पादन भइरहेको बताउँछन् । किसानको सहजताका लागि नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको ससर्त अनुदान रु १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा तोरी पेल्ने उद्योग सञ्चालनमा ल्याइएको उनले बताए । “किसानलाई मर्का नपर्ने गरी मिलले तोरी खरिद गर्दै आएको छ । बजारमा पाइने मिसावट भएको तेललाई विस्थापित गरी आफ्नो छुट्टै तोरीको तेल ‘ब्रान्डिङ’ गरेर बजारमा बिक्रीवितरण गर्ने उद्देश्य राखेर उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । अब यसको उपयोगमा जोड दिन्छौँ”, शाखा प्रमुख जोशीले भने ।
उनले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिई व्यवस्थित रूपमा तेलको बजारीकरण गर्ने प्रयास भइरहेको बताए । “तोरीको उत्पादन बढाउनका लागि किसानलाई आवश्यक तालिम र अनुदानका कार्यक्रम हुँदै आएका छन्”, जोशी भने, “तालिम र अनुदानका कार्यक्रममा नसमेटिएका किसानलाई समेट्नका लागि कार्यक्रम सञ्चालन गर्छौं ।”
रासस/फाइल फोटो

वि.सं.२०८१ पुस ४ बिहीवार ०९:१६ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...