back
CTIZAN AD

धरानमा आइतवारदेखि सांस्कृतिक महोत्सव हुँदै

वि.सं.२०८१ पुस ५ शुक्रवार

852 

shares

धरान (सुनसरी) । धरानमा आइतवारदेखि सङ्गीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ ।

गीत सङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन भन्ने मूल नाराका साथ पुस ७ गते आइतवारदेखि १७ सम्म महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।

नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्थाको आयोजना र त्रिवेणी महिला समूह धरानको सहआयोजनामा धरान उपमहानगरपालिका १५ बगरकोट एभरेष्ट लाइनमा हुन लागेको क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए । उनले भने, “उक्त महोत्सवमा मौलिक र जातीय पकिारसहितको अग्र्यानिक खानाको विशेष व्यवस्था गरिएको छ ।”

महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चादेखि सबै उमेर समूहका नागरिक रमाउन सक्नेगरी रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकीमाउसलगायत खेलकुदका सामग्रीको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी दिए ।

महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशुल्क रहने र अपराह्न ४ बजेपछि कलाकारहरूको उपस्थितिलाई मध्यनजर गर्दै शुल्क निर्धारण गरिने आयोजकले जनाएको छ । रासस/फाइल फोटो

वि.सं.२०८१ पुस ५ शुक्रवार १२:१६ मा प्रकाशित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...